• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद फोटो-फिचर

    एनपीएल : अपराजित रहँदै क्वालिफायरमा पुग्दा सुदूरपश्चिमको उत्साह (फोटोफिचर)

    1K
    SHARES



    काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

    बिहीबार भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजमाथि ४९ रनको जित निकाल्दै क्वालिफायरमा पुग्ने पहिलो टिम बनेको हो । योसँगै सुदूरपश्चिम लगातार दोस्रो संस्करणमा क्वालिफायर पुग्ने पहिलो टोली पनि बनेको छ ।

    त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२० रन बनायो । चितवनका लागि रवी बोपराले सर्वाधिक २९ रनको योगदान गरे । त्यस्तै देव खनालले २८ रन बनाउँदा अर्जुन साउदले १६ रनको योगदान गरे ।

    सुदूरपश्चिमका लागि पुनि मेहराले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।

    सुदूरपश्चिमका लागि क्रिस लिनले ७५ रनको अर्धशतकीय पारी खेल्दै रिटायर हर्ट भए । उनले ५६ बलमा ५ चौका ३ छक्का प्रहार गरे । सुदूरपश्चिमका लागि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४–२४ रन बनाउँदा विनोद भण्डारीले २१ रनको योगदान गरे ।

    बलिङतर्फ चितवनका लागि शैब जैबले दुई विकेट लिँदा रञ्जित कुमार र जर्ज स्क्रिमशाले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको एनपीएलको क्वालिफायरमा पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ