• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    सुर्खेतमा घरेलु महाेत्सवको भव्य रौनक, हिजो महानायक हमालले दर्शक नचाए, आज बद्री पंगेनी आउदै

    8.1K
    SHARES



    सुर्खेत । शुक्रबारदेखि सुर्खेतको बिरेन्द्रनगरमा जारी प्रथम राट्रिष्य ‘औद्योगिक व्यापार, कृषि, नविनतम्’ प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव २०७६ को चौथो दिन पनि विभिन्न प्रदर्शनी तथा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुति रहेने छ ।

    महोत्सवमा आज सोमबार चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी, राजु ढकाल, जानकी तारामी मगर, रुप जिसी, मोदन शंकर बिसी र अञ्जली अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । यसअघि हिजो महानायक राजेश हमालले महोत्सवमा भरपुर मनोरञ्जन दिए । हमाल स्टेजमा उक्लिएसँगै दर्शकहरु निक्कै उत्साहित भएका थिए ।

    उनले कर्णालीको अर्गानिक मार्सी चामलको स्वाद समेत लिएका छन् । कार्यक्रममा कृषीमन्त्री विमला केसी समेत सहभागी भएकी थिइन । करिब ३ सयको हाराहारीमा स्टलहरु रहेको महोत्सवमा ४० प्रतिशत कृर्षि तथा अर्गानिक उत्पादन रहेका छन् । महोत्सवमा आज सोमबार देउडा प्रतियाेगिता शुरू हँदैछ भने ब्याडमिण्टन प्रतियाेगिताको पनिआजै फाइनल खेल हुँदैछ ।

    ब्याडमिन्टनमा ३२ टीमले प्रतिस्पर्धा गरेका थिए भने र देउडा प्रतियोगितामा ९ वटा समूहको सहभागीता रहनेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा घरेलु महासंघ कर्णाली प्रदेशका सम्पुर्ण जिल्ला तथा पालिक शाखाहरुको सहआयोजना रहेको महोत्सव पौष १० गते सम्म सञ्चालन हुनेछ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ