• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    चन्दा नदिएको भन्दै मुख्यमन्त्री शाहीले गरे गाउँपालिका अध्यक्षलाई कारवाही

    6.1K
    SHARES



    काठमाडौं । सत्तारुढ नेकपाका स्थानिय तहदेखि केन्द्रसम्म कुनै न कुनै नेताहरु आर्थिक सास्कृतिक काण्डमा मुछिने गरेका छन् । कसैले चन्दा उठाएको भनेर पार्टीमा बबण्डर मच्चिने गरेको छ भने कसैले चन्दा नदिएर बबण्डर मच्चिने गरेको छ । नेकपा कालिकोटमा अहिले यस्तै अनौठो आर्थिक काण्डले घटेको छ ।

    जिल्ला पार्टीका एक जना सदस्य तथा एक स्थानिय तहका प्रमुख नै यस्तो काण्डका सिकार भएका छन् । उनीमाथि आर्थिक अनियमितता गरेको भनेर जिल्ला पार्टीले कारबाही गरेको छ भने उनले पार्टीलाई चन्दा नदिएको झोकमा आफूमाथि कारबाही गरिएको बताएका छन् ।

    नेकपा कालिकोटले पलाँता गाउँपालिकाका अध्यक्ष ध्यक्ष लक्ष्मण बमलाई कारवाही गरेको छ । कालिकोट जिल्लाको अति विकट मानिने पलाँता गाउँकालिकाका अध्यक्ष बमलाई पार्टी जिल्ला कमिटिबाट निलम्बन गरेको हो ।

    बमलाई आर्थिक अनियमितता र पार्टी अनुशासन विपरित कार्य गरेको आरोप लगाउदै कारबाही गरिएको भनेपनि भित्री कारण पार्टीका केही नेतालाई चन्दा नदिँदा कारवाहीको डण्डा बर्साइएको बताइएको छ । उनीमाथि लागेका आरोपहरूका बारेमा छानविन गर्नका लागि हाललाई पार्टीको जिल्ला कमिटि सदस्यबाट निलम्बन गरिएको नेकपा कालिकोटले जनाएको छ ।

    गाउँपालिका अध्यक्ष बमले गरेको आर्थिक अनियमितता र पार्टी अनुशासनहीन कार्यका बिषयमा छानवीन गर्न नेकपा कर्णाली प्रदेशका सदस्य विष्णु विकको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन गरिएको छ । समितिमा जिल्ला कमिटी सदस्य कृष्णप्रसाद आचार्य र टेकबहादुर बुढा सदस्य रहेका छन् ।

    उनलाई नेकपा कालिकोटका १० जना जिल्ला कमिटी सदस्यहरूले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई भेटेर गाउँपालिका अध्यक्ष बमले स्थानीय सरकार संचालनमा मनोमानी गरेको भन्दै पलाँता गाउँपालिकाबाट जिल्ला समितिमा रहेकाहरुले कारवाहीको माग गरेका थिए ।

    उनीहरुको मागका आधारमा कालिकोट जिल्लाका इन्चर्जसमेत रहेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कारवाही गर्न निर्देशन दिएका थिए । निलम्बन गर्नभन्दा अघिनै बमले पार्टीबाट राजीनामा दिइसकेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ