• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    टेकुबाट खाली हात फर्किइन् रवि लामिछाने पत्नी निकिता, दर्ता नै भएन उजुरी, यस्तो छ कारण

    25.3K
    SHARES



    काठमाडौं । पत्रकार किशोर श्रेष्ठ, संकेत कोइराला र चितवनका एसपी दानबहादुर मल्लविरुद्ध किटानी जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेकी रवि लामिछानेकी श्रीमती निकिता पौडेल खाली हात फर्किएकी छिन । निकिता बुधवार मध्याह्न महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्रकार किशोर श्रेष्ठसहित तीन जनाविरुद्ध जाहेरी लिएर पुगेकी थिइन् ।

    पत्रकार शालिकराम पुडासैनीले आफ्ना श्रीमान् रवि लामिछानेविरुद्ध बोलेको ‘डाइङ डिक्लेरेसन’ भिडियो किर्ते गरेको भन्दै उनले जाहेरीमा जनआस्थाका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र चितवनका एसपी दानबहादुर मल्लविरुद्ध जाहेरी लिन प्रहरीलाई आग्रह गरेकी थिइन् । तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै उनले दिएको जाहेरी फिर्ता गरेको छ ।

    पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरी चितवन जान सुझाव दिएको छ। घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि निकिता सोही जाहेरी लिएर सरकारी वकिल कार्यालय काठमाडौं पुगेकी छिन् ।

    पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि तयार पारेको भिडियो क्लिप्स सार्वजनिक भएको विषयमा जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले उक्त भिडियो कसरी सार्वजनिक भयो भन्ने तथ्य सार्वजनिक गरेका थिए । आत्महत्या अघि खिचिएको एक भिडियो सार्वजनिक भएको थियो । जसमा पुडासैनीले आफ्नो मृत्युको कारण पत्रकार लामिछानेसहित तीन जना रहेको बताएका थिए ।

    भिडियो कसरी बाहिरियो भन्ने सवालमा सम्पादक किशोर श्रेष्ठले लामो फेसबुक स्टाटस लेख्दै यसो भनेका छन् :
    ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धान सुस्त देखिएजस्तो लागेपछि परिवारका सदस्यहरु घटनाको सातौं दिन आइतबार साँझ मेरो कार्यालयमा आएर शालिकरामको मरणअघिका दुई Video Clip Share it मार्फत मेरो मोबाइलमा ट्रान्स्फर गर्दै भन्नुभयो, ‘दाइ, तपाईं संकटकालमा पनि नडग्मगाएको मान्छे,। यसको आधारमा समाचार बनाएर खबरदारी गरिदिनु पर्यो । हामीले त्यसरी प्राप्त 8:27 र 4:57 मिनेटका छुट्टाछुट्टै ती क्लिप्सका केही अंश उल्लेख गर्दै बुधबारको दिन ‘पत्रकारले मर्दामर्दै खोलेको पोल’ शीर्षकअन्तर्गत जनआस्थामा समाचार प्रकाशन गर्यौं ।

    मेरा स्तम्भकार मित्र संकेत कोइराला ‘नेपाल आज’मा पनि संलग्न भएको र उहाँहरुसमेतले पत्रिकाबाट उक्त खबर धेरैवटा अनलाइनले साभार गरिसकेको हुँदा हामीले पनि पोस्ट गर्न पाउँ न भनी आग्रह गर्नुभएबमोजिम ती Video सार्वजनिक रूपमा उपलब्ध गराइएको हो । सँसारभरका पत्रकारको पहिलो कर्तव्य प्राप्त प्रमाणित सामग्री अरु कसैले भन्दा पहिले आफ्ना दर्शक र श्रोतासामु प्रस्तुत गर्नु हुने गर्दछ । त्यही कर्तव्य पालना हामीबाट पनि भएको हो तर यसवीच केही मित्रले वास्तविकतै नबुझी, आफूखुसी काल्पनिक कथा छापी स्वार्थसिद्ध गर्न र परिस्थितिलाई अर्कै दिशातर्फ मोड्न चाहेको देखियो ! उक्त Video को कन्टेन्टबारे हाम्रो भन्नु केही छैन । सरोकारवाला निकायले नै अनुसन्धानबाट खुट्याउलान् । हाम्रो भनाइ त यति मात्रै हो कि यस प्रकरणमा बिश्वभरका एक से एक IT बिज्ञहरुलाई झिकाएर त्यति समयभन्दा बढीको video clip छ भने रिकभर या प्रमाणित गरेर देखाए हुन्छ । जब कूल १३ मिनेट २४ सेकेण्डभन्दा लामो video नै खिचिएको छैन भने Edit गरेको या कसैलाई हुने, कसैलाई नहुने गरी प्रकाशन या प्रशारण गरिएको प्रश्नै उठ्दैन !

    घामजस्तै छर्लङ्ग वास्तविकता यही हो र यही मात्रै हो । यस प्रकरणमा कोही कसैलाई अनावश्यक मुछ्ने या विषयान्तर गर्ने जरुरतै छैन । हामी जसरी यस मामिलामा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको निर्दोषिता प्रमाणित होस भन्ने चाहन्छौं, त्यसरी नै श्रमजीवी पत्रकार शालिकराम पुडासैनीले समेत अकाल मरेर पनि अन्याय भोग्न नपरोस भन्ने ठान्दछौँ ।

    हामीले अफिसियल रुपमै रविजीलाई पोहोर पनि बिदेशी नागरिकता र राहदानी त्यागेर नेपाली बनी, आफ्नै देशको एक असल Tax Payer का हैसियतले कानूनी रुपमै पत्रकारिता थाल्न बिनम्र आग्रह गरेका video clip हरु थyoutube मा सर्च गर्दा पाउन सक्नुहुन्छ । न हाम्रो पुरानो चिनाजानी, न बिट एउटै, न एकार्काको प्रतिस्पर्धी, न त कुनै दुश्मनी नै । सम्बन्ध शत्रुतापूर्ण हुनेले कहिल्यै पनि आउनोस, मिलिजुली देश र जनताको हित अनुकूल पत्रकारिता गरौं भन्दै यसखाले सुझाव दिँदैन ।

    ३३ बर्षको पत्रकारिता जीवनमा हामीले थुप्रै आरोह–अवरोह झेलेका छौँ र सबै सबै देशबासीप्रति पुनः यो पनि विनम्र आग्रह गर्दछौं कि अनाहकमा कोही, कसैमाथि, कहिल्यै पुस्ट्याई बिनाका आरोप नलगाऊँ । हाम्रो पेशागत कर्म र धर्मबारे केही भ्रम भए या लेख्न मन लागे सीधै सम्पर्क गर्दा हुन्छ । सक्दो जानकारी दिन हर्दम तयार छौँ । हाम्रा कुनै पनि गतिविधि अपारदर्शी छैनन् । अनि हामीले झेलेको बिगत र लगाइएका झूठ आरोपहरु तथ्यको कसीमा लल्याकलुलुक गलेका उदाहरण निकट विगतमै छन् । गल्ती नगर्दासम्म कसैले आत्तिनु पर्दैन भन्ने कुराका हामी आफै भुक्तभोगी हौं ।

    र, हामीले कानूनी प्रक्रियाबाटै आफूमाथिका समुच्च आरोपको न्यायिक निरुपण गरेका छौँ । पुनश्च : video प्रकरणको वास्तविकतालाई आफ्नो निहित स्वार्थबस् तोडमरोड नगर्न र हाम्रो पेशागत आचरण तथा तपाईं हामी आफ्नै लेखनप्रति जनविश्वासको असामयिक अवसान हुन नदिन हार्दिक अनुरोध गर्दछौँ । वस्तुनिष्ठ आलोचना र सिर्जनात्मक सुझावको सधैं सम्मान गर्ने नै छौं ।’

    मृत्युअघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधा कुरा जनतासँग’का कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफूलाई आत्महत्या गर्न विवश पारेको र आफू आत्महत्याको अवस्थामा पुगेको उल्लेख गरेका छन्। पत्रकार पुडासैनीको शव साउन २० मा चितवनको होटल कंगारूमा झुण्डिएको अवस्थामा भेटिएको थियो। २०७६ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्मह’त्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिने व्यवस्था छ। कसुर ठहरेको अवस्थामा ५ वर्ष जेल ५० हजार जरिवानाको व्यवस्था संहितामा गरिएको छ।

    चितवन प्रहरीले बरामद गरेका ती भिडियो प्राविधिक परिक्षणका लागि प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याबमा पठाइएको थियो। मोबाइल तथा भिडियो प्रमाणित भएसँगै रविसँगै ३ जनालाई पक्राउ गरिएको थियो। प्रहरीका अनुसार मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो फरेन्सिक ल्याबबाट परीक्षण भएसँगै उनीहरूलाइ पक्राउ गरिएको हो। भिडियोको वास्तविकता, अडियो ट्रिक्स गरी भोइस ओभर गरेको कि विस्तृत विवरणसहितको प्रतिवेदन बिहीबार दिउँसो चितवन पुगेको थियो। उक्त प्रतिवेदनको निष्कर्षका अधारमा प्रहरीले रवि लामिछानेसहित ३ पक्राउ गरेको हो।

    विभिन्न ठेक्कापट्टामा ठूलो धनराशी बटुलेको आरोप लागेका लामिछानेलाई सम्पत्ति छानवीन मुद्दामा पनि अनुसन्धान हुने बताइएको छ। लामिछानेमाथि हुण्डी कारोबारीको पनि आरोप लाग्दै आएको छ। मोबाइलमा रवि लामिछानेको टिमलाई दिनुअघि खिचिएका विभिन्न चेकहरुको फोटोहरु पनि भेटिएको खुल्नमा आएको छ। त्यसबाहेक ‘समाजसेवा’का नाममा विदेशमा रहेका हजारौं सिधासादा नेपालीहरुलाई भावनात्मक रुपमा उद्वेलित गराएर जम्मा गरेको अन्य रकमहरुको पनि सम्पत्ति शुद्धिकरणको मुद्दामा पनि लामिछानेमाथि अनुसन्धान सुरु हुन् लागेको स्रोतले बतायो।

    पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेकी अस्मिता कार्की रुक्कुको पक्षमा बहस गर्न कोही पनि कानुन व्यवसायी तयार नभएको थाहा भएको छ । लामिछाने, उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनले पहिलो पटक पाँच दिन र फेरि दोस्रो पटक पनि पाँच दिन गरी १० दिन म्याद थप गरिसकेको छ । उनीहरुमाथि मृतक पुडासैनीकी श्रीमती सम्झनाले किटानी जाहेरी समेत हालेकी छन् । मंगलबार दोस्रो पटक अदालतमा पेश गरिएका तीनै जनालाई जिल्ला अदालतले फेरि ५ दिनको म्याद थप गरेको थियो ।

    चितवन अदालतमा रवि लामिछानेसँग पाँच घन्टा बयान लिइएको थियो । सोमबार र मंगलबार गरी उनीसँग पाँच घन्टा बयान लिइएको हो । यो मुद्दामा प्रतिवादी रवि लामिछाने र युवराज कँडेलको तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चूडामणि सापकोटाले बहस गरेका थिए । बहसका क्रममा उनीहरुले प्रहरीसँग मात्रै भएको भनिएको भिडियो कसरी मिडियामा गयो भनी छानबिनका लागि माग गरेका थिए । दिउँसो २ बजेर २० मिनेट जाँदा सुरू भएको म्याद थप बहस ४ बजेर ३० मिनेटमा सकिएको थियो । म्याद थपकै बहसमा एक–एक घन्टा लामो बहस पन्त र पोखरेलले गरेका थिए ।

    रवि र युवराजको पक्षमा पूर्वमहान्यायाधिवक्ता र वरिष्ठ अधिवक्ताले वकालत गरे पनि अस्मिताको पक्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ । मंगलबार म्याद थपका लागि भएको बहसमा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले बोलेका थिए । उनले तीन जनामाथि अनुसन्धान गर्नुपर्ने आधार र कारण खुलाउँदै थप १० दिनको समय माग गरेका थिए । तर, जिल्ला अदालत चितवनले भने पाँच दिनको समय मात्र दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता प्रकाश थापाले अनुसन्धान नसकिएकाले थप समय माग भएअनुसार पाँच दिन पुनः थप भएको जानकारी दिए ।

    यसअघि गत साउन ३० गतेबाट लागू हुने गरी पहिलोपटक पाँच दिनको म्याद थप भएकोमा भदौ २ गते म्याद सकिएपछि हिजो ३ गते पुनः म्याद थपका लागि अदालतमा पेश भएको थियो । रविका पक्षमा म्याद थपका लागि पहिलो दिन अदालत लैजाने क्रममा सयौँ समर्थक जम्मा भए पनि दोस्रोपटकको म्याद थपमा भने निकै कम समर्थक देखिएका थिए।

    यस्तो आयो पोस्टमार्टम रिपोर्ट
    होटलमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्टमा उनले ‘झुन्डिएर आत्महत्या’ गरेको उल्लेख गरिएको थाहा भएको छ । सामाजिक सञ्जालमा पुडासैनीको आत्महत्या नभएको भन्दै अनेक टिप्पणी भइरहँदा पोस्टमार्टम रिपोर्टमा भने यो आत्महत्या नै भएको किटान गएिको छ । त्यसैगरी मृत्युअघि रेकर्ड गरिएको भिडियो फरेन्सिक ल्याब परीक्षणबाट मृतक शालिकरामकै आवाज भएको पुष्टि भएको बताइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले प्राप्त प्रमाणहरुलाई अध्ययन अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ