• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    भिडियो मनोरञ्जन रोचक-विचित्र

    गोप्य अंगमा धान रोपेर भाईरल भएकी युवती भन्छिन् – मंसीरमा धान काट्न आउनु (भिडियो हेर्नुहोस्)

    33.8K
    SHARES

    काठमाडौँ । शरिरका गोप्य अंगमा धानको बिउँले छोपेर गरिएको फोटोशुटले निकै भाइरल बनेकी मोडल रीतिका जिरेल पहिलो पटक मीडियामा आएकी छिन। उनले आफु पनि एउटा किसानको छोरी हूँ भन्दै केही साथीहरुको सल्लाह अनुसार नै उक्त फोटो शूट गरेको र एकाएक फोटोहरु भाइरल भएपछि मात्र आफुलाई थाहा भएको बताईन। साथै उनले उक्त फोटो शुट गरेर भाइरल हुनु भन्दा पनि असार १५ लाइ एउटा नयाँ तरिकाले मनाएको उल्लेख गरिन ।

    जमिनमा धान फल्नको सट्टा तपाईको शरीरमा उब्जेको देखियो यो कसरी सम्भव भन्ने प्रश्नमा मोडेल रीतिकाले ‘ हामीले एउटा आर्ट गरेका थियौ अनि डिजाइन जस्तै गरेर लगाएको मात्र हो त्यस्तो भन्ने हो भने त जे भन्दा नि भैहाल्यो’ उनले यो फोटो शूट गरेको पहिलो पटक मात्र नभएर यो भन्दा अगडी पनि नयाँ फोटोहरु शूट गरेको तथा उक्त यो फोटोले सामाजिक सन्जालमा यसरी एकाएक भाइरल हुने कुरा कल्पना समेत नगरेको बताइन । मोडेल जिरेलले फेसबुक तथा अन्य सामाजिक सन्जालमा जसले जे – जस्तो भनेपनि आफुलाई रिस नउठेको र रितिकाका लागी एउटा आशीर्वाद साबित भएको बताईन ।

    तपाईको चाहना के हो ? मोडेल बन्ने अथवा यस्तै भाइरल बन्ने, के छ ? भन्ने प्रश्नमा रितिकाले ‘ मोडेल बन्नू भन्दा पनि आफुले गीतहरुको भिडियोबाट नै काम शुरू गरेको र  पछि गएर गायक बन्ने बताईन । साथै उनले यहि तीजमा आफुले गएको घण्टा बजाई शिवजीलाइ मागे एउटा बर, अधुरै भो पोइ मोरोसंग घुम्ने रहर भनी बोलको गित गाएर नि सुनाइन। रीतिकाले उक्त भाईरल भएको फोटो शूट गर्ने कुरा आफ्नो  परिवारलाइ समेत थाहा नभएको बताईन। त्यस्तै नेपाली समाजलाई मान्य अथवा नापच्ने खालको कुरा तथा धानलाई नराम्रो होस भन्ने एउटा नराम्रो बिकृतिका रुपमा ल्याउन खोजेको भन्दा पनि यसरी पनि गर्न सकिन्छ भन्ने कुराको सन्देश दिन खोजेको बताईन ।

    मैले गरेको उक्त फोटो शूट अरुको तुलनामा सामान्य हो भन्दै केही पनि नराम्रो नगरेको तथा नेपाली समाजलाई त्यस्तो नसुहाउने र  नकारत्मक  तथा नेपाली समाज चालचलंनमा ठेस पुगाउन नरहेको स्पस्ट पारिन । असार १५ मा  रीतिका जिरेल गरेको उक्त तस्बिरले बिभिन्न किसिमका टिका टिपण्णी तथा आलोचना भएका थिए भने केहीले यसलाई समान्य रुपमा लिइनुपर्ने बताएका थिए। अहिले उक्त तस्बिर सामजिक संझालमा भाइरल भएको छ । उनले आफ्नो  फोटोसुटलाई सामान्य रुपमा लिन आग्रह गर्दै यसलाई विवादको विषय बनाउन जरुरी नरहेको बताइन् । उनले आफ्नो एकल निर्णयले मात्रै यो फोटोसुट गराएको नभई अग्रज र साथीभाइसमेतको सरसल्लाहमा नयाँपन हुने सोचेर फोटोसुट गराइएको बताइन् । उनले फोटोसुटका लागि धानको बिउको ड्रेसअप तयार गर्न झण्डै ६ घण्टा लागेको पनि बताएकी छिन् । हेर्नुहोस भिडियो

    प्रतिक्रिया