• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    शौचालय ठानेर उड्न तयार जहाजको आपतकालिन ढोका खोलेपछि भयो यस्तो हंगामा

    16.6K
    SHARES



    एजेन्सी ।  एयरपोर्टमा एक महिलाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को विमानमा रहेको इमरजेन्सी गेट खोलिदिइन्। ती महिलाले इमरजेन्सी गेटलाई शौचालय ठानेर त्यसो गरेकी थिइन्।

    यस घटनाका कारण त्यो जहाज ७ घण्टा ढिलो उड्न सक्यो। पीआईएका अनुसार जहाज म्यानचेस्टरबाट इस्लामाबादका लागि उड्ने तयारीमा थियो। घटना जब भयो तब पीके ७०२ जहाज रनवेमा उड्ने तयारीमा थियो।

    एक महिलाले गल्तीले शौचालय ठानेर इमरजेन्सी गेटको बटन दबाइदिइन्। एयरलाइन्सका अनुसार यो जहाजमा ४० यात्रु सवार थिए। घटनाका कारण जहाजको उडानमा ७ घण्टा ढिला भयो। यो घटनापछि पुनर्जाँचका लागि सबै यात्रुको सामानसमेत जहाज बाहिर निकालियो।

    यस क्रममा सबै यात्रुका लागि खाने व्यवस्था गरिएको थियो। सबै चेकजाँच सकेर सात घण्टापछि जहाज इस्लामावादका लागि उड्यो। पछिल्ला धेरै वर्षदेखि पीआईए घाटामा चलिरहेको छ।

    पाकिस्तान सरकार यस एयरलाइन्सलाई व्यवस्थित गरेर घाटाबाट उक्सिने प्रयासमा जुटिरहेको छ। एयरलाइन्सका प्रमुख कार्यकारी एयर मार्शल अर्शद मलिकले घटनाको जाँच गर्न आदेश दिएका छन्। यस्तै चुरोट खाने मानिसलाई कहिले कुन स्थानमा तलतल लागेर चुरोट खान मन लाग्छ, ठेगान हुन्न । नेपालमै पनि सार्वजनिक स्थानमा मानिसहरुले चुरोट तानिरहेका हुन्छन् ।

    यद्यपि सरकारले सार्वजनिक स्थानमा चुरोट खान प्रतिबन्ध लगाएको त छ तर त्यसको कार्यान्वयन भने अझै प्रभावकारी बन्न सकेको छैन । यस्तै घटनामा एकजना चुरोटेले विमानभित्र चुरोट सल्काएका छन् । अमेरिकाको मिन्नेसोटा राज्यमा घटनामा चुरोटको तीब्र तलतल लागेपछि एक यात्रुले उडिरहेको विमानभित्रै चुरोट सल्काए ।

    मियन्नापोलिस शहरका लागि उडेको विमान अवतरण हुनु ४० मिनेट अगाडी बीच आकाशमै उक्त घटना भएको बताइएको छ । अघिल्लो मंगलबार भएको घटनामा चुरोट सल्काउनेले वरिपरी रहेका कोही यात्रुको मतलब नै नगरी ढुक्कसँग चुरोट सल्काए । विमानभित्र चुरोट सल्काउन प्रतिबन्ध भएपनि उनले त्यसको परवाह नै गरेनन् ।

    उनीसँगै बसेकी एक महिलाले उनले चुरोट सल्काएको भिडियो खिचेपछि त्यो भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । त्यसपछि वरिपरी रहेका यात्रुले उनले चुरोट सल्काएको देखेपछि एअरहोस्टेजलाई बोलाए । एअरहोस्टेजको पटक पटकको आग्रहपछि मात्र उनले चुरोट निभाए । त्यसपछि विमान अवतरण गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

    यता १९ औं शताब्दीमा निर्माण गरिएको र हालै ठूलो रकम खर्च गरेर मर्मत गरिएको एउटा पानी जहाज जर्मनीको एल्बे नदीमा डुबेको छ । ‘नम्बर फाइभ स्कूनर’ नाम गरेको पानी जहाज सामान बोक्ने अर्को पानी जहाजमा ठोक्किएर डुबेको हो । सो जहाज हालै मात्रै १७ लाख अमेरिकी डलर खर्च गरेर मर्मत गरिएको थियो ।

    जर्मनीको उत्तरी शहर ह्यामबर्गस्थित एल्बे नदीमा पानी जहाज डुब्बा केही घाइते भएका छन् । पानी जहाजमा रहेका सबै ४३ जनालाई नजिकै रहेको डुंगाको सहयोगमा उद्धार गरिएको बताइएको छ । यो जहाज सन् १८८३ मा निर्माण भएको थियो ।

    उता भारत उत्तर प्रदेशको अलिगढ शहरमा एक बालिकाको अपहरणपछि बलात्कार र हत्या गरिएको विषयलाई लिएर न्याय खोज्दै भारतभर प्रदर्शन शुरु भएको छ ।

    पीडित परिवारलाई न्याय दिलाउन भन्दै भारतका विभिन्न क्षेत्रमा मानिसहरु सडकमा उत्रेका छन् । गत मे ३० मा अलिगढको टप्पल क्षेत्रबाट बेपत्ता भएकी अढाई वर्षे बालिकाको क्षत विक्षत शव जुन २ का दिन भेटिएको थियो ।

    उनको अपहरणपछि घाँटी थिचेर हत्या गरिएको र उनको शव टुक्रा टुक्रा पारिएको अवस्थामा घरबाट केबल १ सय किलोमिटर टाढा फेला परेको थियो । उनको हत्या गर्नुअघि बलात्कार समेत भएको जनाइएको छ ।

    शुरुमा प्रहरीले पोष्टमार्टम गर्दा बालिकाको बलात्कार नभएको रिपोर्ट तयार पारेको थियो । बलात्कार नभएको रिपोर्ट बनाउने ५ प्रहरीलाई बर्खास्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    असलन नाम गरेका छिमेकीको घरमा बालिका बलात्कारपछि हत्या भएको जनाइएको छ । हत्या पछि दुर्गन्ध नआओस् भन्नाका लागि बालिकाको शवलाई जाहिद नाम गरेका अर्का आरोपीले सलले बाँधेर फ्रिजमा राखेका थिए । प्रहरीले घटनाका आरोपी जाहिद, जाहिदका भाइ, जाहिदकी पत्नी र उनका अन्य केही साथीहरुलाई नियन्त्रणमा लिएको छ ।

    यो घटनासँगै भारतका विभिन्न स्थानमा बालिकालाई न्याय दिलाउन तथा अपराधीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रेका छन् । भारतका विभिन्न क्षेत्रमा मानिसहरुले कतै आरोपीको पुत्ला जलाएका छन् भने कतै मानिसहरु अनसन बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    यता अलिगढका वकिलहरुले पनि आफूहरु आरोपीका पक्षबाट मुद्धा नलड्ने घोषणा गरिसकेका छन् । आक्रोशित भीडले आक्रमण गर्नसक्ने भन्दै भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ