• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौंको सुकेधारामा सिलिन्डर विस्फोट- एकको मृत्यु, पाँच घाइते, यस्तो छ थप बिबरण

    12.2K
    SHARES



    काठमाडौं । राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। प्रहरीले आइतबार दिउँसो सुकेधाराको एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा एक जनाको मृत्यु भएको जनाएको छ ।

    उक्त बिस्फोटमा परी अन्य पाँचजना घाइते भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए। प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। प्रसाईंका अनुसार अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।

    यस्तै, अनामनगरमा पनि विष्फोट भएको खबर आएको छ। घटनाबारे बुझ्न प्रहरी त्यसतर्फ गएको सिंहदरवार वृत्तका डीएसपी काजीकुमार आचार्यले जानकारी दिएका छन्।

    उता धरानको जीवन विकास बैंकमा गोली चलेको छ । उक्त अज्ञात समूहको गोली लागेर बैंकका कर्मचारी शम्भुप्रसाद गच्छदार घाइते भएका छन् । बैंकमा रहेको केही रकम लुटिएको छ । प्रहरीले दिएको जानकारी अनुसार आबैंकमा लुटेरा समूहले गोली चलाएको भनिएपनि पूईतबार दिउँसो जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली प्रहार गरी लुटपाट गरेकाे हाे ।

    दिउँसोको समयमा संस्थाकै कार्यालयमा रहेका गच्छदारमाथि सो समुहले गोली हानेको थियो । गोली लागेका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । उनको कम्मरमा गोली लागेको प्रहरीले जनाएको छ ।अहिले घटनास्थलमा प्रहरी परिचालन गरी गोली हान्ने समुहको खोजि कार्यभइरहेको संघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्रीले बताएका छन् ।

    त्यस्तै दार्चुलामा अज्ञात् समूहले एकजना महिलाको हत्या गरेको छ । महाकाली नगरपालिका-३ काँटैस्थित पसलमा राति सुतिररहेका बेला अज्ञात समूहले कुटपिट गरी ६५ वर्षीया द्रोपती महराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

    बंगाबगड-दल्लेख सडक छेउमा पसल गरेर बस्दै आएका महरा दम्पती तथा नातिमाथि नै अज्ञात समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।

    द्रोपतीका श्रीमान् अन्दाजी ७५ वर्षीय वीरभान र नाति लोकेश महरा घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

    घटनाको थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक कठायतले बताए । ‘तालिम प्राप्त कुकुर मगाइएको छ, घटनाको थप जानकारी अनुसन्धानपछि आउछ,’ उनले भने । कुकुर ल्याएर अनुसन्धान गरेपछि मात्रै द्रोपतीको दाहासंस्कार गरिने छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ