• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तर्वार्ता समाचार

    लामो समयपश्चात भिडियो अन्तर्वार्तामा देखिए विप्लव, के छ अबको तयारी ? हेर्नुहोस् भिडियो

    50.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध, सरकारको प्रतिबन्धविरुद्धको प्रतिरोध, वार्ता र पार्टीका आगामी कार्यक्रमका बारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

    प्रतिबन्धपश्चात पहिलोपटक भिडियो अन्तर्वार्ता दिँदै उनले प्रतिबन्धलाई ‘दलाल पुँजीवादी शक्तिको साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति’ भनेका छन् । साथै जनताले यसलाई असफल पारिदिएको पनि दावी गरेका छन् ।

    पार्टीको आधिकारिक पत्रिका रातो खबरद्वारा सञ्चालित अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिँदै विप्लवले देशमा शान्तिप्रक्रिया टुंगो नलागेको दावी गरेका छन् ।

    ‘प्रतिबन्ध दलाल पुँजीवादी शक्तिको साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति हो । वर्गहितमा खडा गरिएको राज्यभित्र वर्गसङ्घर्ष चलिरहेको अवस्थामा हुने प्रक्रिया हो । यो प्रतिबन्ध हाम्रो हकमा मात्र लागू भएको होइन । राज्यले लगाउने प्रतिबन्ध र जनताले गर्ने प्रतिरोधसँग जोडिएको प्रक्रिया हो ।’

    उनी अगाडि थप्छन- ‘हिजो राणाविरुद्ध भएको आन्दोलनमा जनतामाथि लगाइएको थियो । २००८ सालमा काङ्ग्रेस सरकारले कम्युनिस्ट पार्टीमाथि लगाएको थियो । २०१७ सालदेखि पञ्चायतले काङ्ग्रेस र कम्युनिस्टमाथि प्रतिबन्ध लगायो । जनयुद्ध सुरु भएदेखि काङ्ग्रेस र एमाले मिलेर हामीमाथि प्रतिबन्ध लगाए । अहिले केपी—पीके सरकारले हामीमाथि प्रतिबन्ध लगाएको छ । त्यसैले यो नयाँ कुरा होइन ।’

    जनताको बीचमा बसेर सङ्गठनको काम गरिराखेकापार्टीका स्थायी समितिका सदस्य सुदर्शनलगायत ७ जना केन्द्रीय नेताहरू, घरमा बसिराखेका कार्यकर्ता, महिला, शिक्षक, मजदुरहरूलाई अहिलेको सरकारले बिना कारण गिरफ्तार गरेको उनले बताएका छन् ।

    अहिलेको अवस्थामा चैतन्य मिश्रहरूले जति नै टाउको फोेरे पनि, जति नै तर्क गरे पनि पुँजीवादी व्यवस्थाले मानव जातिको कल्याण गर्न सक्दैन भन्ने पुस्टि भैसकेको उनको दावी छ ।

    उनले भनेका छन्- ‘शान्तिप्रक्रियामा आएपछि काङ्ग्रेस, एमालेहरूले नेताहरूको व्यवस्थापन गर्न खोजे, नेताहरूलाई सुखसुविधामा डुबाएर मोजमस्तीमा रमाउने बनाए । देशलाई पुरानै ठाउँमा छोड्ने काम गरे । हामीले प्रचण्डजीलाई भनेका थियौँ– तपाईंहरूले यही बाटो समाउनुभयो भने हामी जाँदैनौँ है । हामीले काङ्ग्रेस र एमालेलाई भनेका थियौँ– तपाईहरूले प्रचण्ड र बाबुरामहरूलाई समातेको भरमा शान्तिप्रक्रिया टुङ्गिँदैन । तर उनीहरूले त्यही गरे । प्रचण्ड र बाबुरामको व्यवस्थापन गर्नेबितिक्कै, उनीहरूलाई समाउनेबितिक्कै भैहाल्छ भन्ने सम्झिए र जनयुद्धमा उठाइएका जनताका मागहरूको सम्बोधन गरेनन् । त्यसैले फेरि अर्को विद्रोहको आवश्यकता परेको हो ।’

    अन्तरवार्तामा विप्लवले सरकारसँग वार्ता हुँदै नहुने आफ्नो पार्टीले नभनेको प्रष्ट पारेका छन् । उनले वार्ता हुँदै हुन्न भन्ने पक्षमा पनि आफू नरहेको र वार्ता सजिलै भइहाल्छ भन्ने कुरा पनि सही नभएको भन्दै उनले वार्ताका लागि पहल हुनसक्ने संकेत देखाएका छन् ।

    विप्लवले भनेका छन्, ‘वार्ताका बारेमा स्पष्ट कुरा के भनिएको छ भने जनता र राज्य, विद्रोही र सत्ता पक्ष, एउटा राज्य र अर्को राज्य, सङ्घर्षशील शक्ति र दमन गरिराखेको शक्तिका बीचमा वार्ता हुने र भैराखेका छन् । यसको हामी निरपेक्ष विरोध वा निरपेक्ष समर्थन गर्दैनौँ । वार्ता हुँदै हुँदैन भन्ने कुरा होइन र सजिलै भैहाल्छ भन्ने पनि होइन । प्रयोगले के साबित गरेको छ भने समस्याहरू आएपछि, सङ्घर्ष भएपछि, विद्रोह भएपछि वार्ता हुन्छन् । वार्ता पनि राजनीतिको एक भाग हो ।’

    अहिलेको क्रान्ति प्रचण्ड, केपी र मन्त्रीहरुविरुद्धको लडाइँ नभइ पुँजीवादी व्यवस्थाविरुद्धको लडाइँ भएको उनले स्पष्ट पारेका छन् ।

    ‘यो क्रान्ति प्रचण्डविरुद्धको लडाइँ होइन, अहिलेका मन्त्रीविरुद्धको लडाइँ पनि होइन, केपीविरुद्धको लडाइँ पनि होइन । यो त पुँजीवादी व्यवस्थाविरुद्धको लडाइँ हो । तर उहाँहरू अगाडि आउनुहुन्छ भने कुनै पनि मूल्य चुकाउन तयार छौँ । यहाँ इन्काउन्टरका कुरा आएका छन् । हामीलाई गोली हान्ने कुरा आएका छन् । यस्तो हो भने हामी पुलिससँग किन लड्छौँ, सेनासँग किन लड्छौँ ? यो राज्यका दलालहरूका विरुद्ध लड्छौँ नि । त्यस समयमा सोच्नुपर्ने हुन्छ ।’

    आफ्नो पार्टीले आगामी दिनमा गर्ने सङ्घर्षका बारेमा स्पष्ट पार्दै विप्लवले भनेका छन्, ‘यो क्रान्ति प्रचण्डविरुद्धको लडाइँ होइन, अहिलेका मन्त्रीविरुद्धको लडाइँ पनि होइन, केपीविरुद्धको लडाइँ पनि होइन । यो त पुँजीवादी व्यवस्थाविरुद्धको लडाइँ हो । तर उहाँहरू अगाडि आउनुहुन्छ भने कुनै पनि मूल्य चुकाउन तयार छौँ । यहाँ इन्काउन्टरका कुरा आएका छन् । हामीलाई गोली हान्ने कुरा आएका छन् । यस्तो हो भने हामी पुलिससँग किन लड्छौँ, सेनासँग किन लड्छौँ रु यो राज्यका दलालहरूका विरुद्ध लड्छौँ नि । त्यस समयमा सोच्नुपर्ने हुन्छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ