• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य

    तिम्रो राज्य बिरुद्धको संगठित अपराधी म !

    10.5K
    SHARES

    तिमीले खोजेको राज्यमा
    जब रोपिएको थियो
    सुवासीलो गुलाफ
    कालान्तरमा
    तिमी बदलियौ
    अनि गुलाफको हाङ्गामा
    काउछोको कलमी लगायौ
    छालादेखि मुटुसम्म चिलाउने
    तिम्रो काउछो उत्पादन गर्ने राज्यबिरुद्द
    हो, मैले बिद्रोह गरेकै हो।

    तिम्रो राज्यमा
    कोहि भोका नाङ्गा नहुने
    कतै काकाकुल जीवन नहुने
    मालचरीको बथान
    मेची-महाकाली स्वतन्त्रपुर्बक
    बिचरण गरोस
    अनि गोधुली साँझमा
    सबै पुगुन अमन चयन लियर
    सिन्को बराबर छुवाछूत नहोस
    यहि भनेर हिजो मालचरीको बथानले
    बारुद बोकेर बादसाहलाई
    बन्दुक बोकेर आततायी किल्लाहरुलाई
    तिम्रै आदेशमा ध्वस्त बनाए
    आज सेतो कुर्सीमा रातो रङ्ग लगाइ
    जब तिमी आफैले आफूलाई
    अर्को बादशाह घोषणा गर्यौ
    असल मालचरी सदस्य हुनुको नाताले
    तिम्रो रातो लेपनयुक्त
    तिम्रो पहेलो शासनबाट
    मालचरीको बंश बचाउन
    हो मैले बिप्लब गरेको हुँ।

    तिम्रो कल्पनाको रामराज्यका
    निर्माण कर्ता योद्दाहरुले
    हनुमान तरिकाले
    हिजो तिमीले भनेको
    संकट मोचन गर्न
    पहाड नै उचालेर तिम्रा सामु पुर्याए
    अनि तिमीले नै भनेको होइन
    संजीवनीबारे ?
    आज केही थान हनुमानहरु
    पहाड आफै खोतल्दै छ्न
    अनि अमृत जति आफै पिउछ्न
    र बिषभरी अरुलाइ खुवाउछन
    पहाड-तराइ, नदी, बगर
    सबै आफ्नै पेवा ठान्दै
    हनुमानबाट बादरावतारका
    तिम्रा नन्दी भिरिङ्गीहरु
    जब स्वप्निल राज्यलाई नै
    जिउदै खर्लप्प निलेर
    उन्मादको हाँसो हास्छ्न
    त्यसैको बिरुद्धमा मैले
    राजद्रोहको अपराध गरेकै हो।

    तिम्रो कालो शासनमा
    धान रोपिदैन,
    धतुरो लटरम्मै फल्छ
    जीवनको कुनै मूल्य हुदैन,
    मृत्युु उत्सबको माहौल हुन्छ
    प्रत्येक बिहानीले
    जब मान्छे ब्युझन्छन शोक धुनका
    बिदारक आवाजले
    बिदाइ हुन्छ प्रत्येक दिन
    लास गन्तीका हिसाब किताब हुँदै
    सिङ्गो देश नै
    कारागारको झै कोलाहलमा
    अनि मध्य रातमा,
    जब निदाउछ लाटो कोसेरो
    सत्ता सुन्दरीको मातमा
    मुर्कट्टाहरुको बेसुरे नाच चल्छ
    परचक्रीको धुनमा,
    माफ गर महासय !
    मैले यी सब काला कर्तुतहरुमा
    हस्ताक्षर गर्न सक्दिँन
    जय जयकार त किमार्थ गर्न सक्दिन
    बरु तिम्रा सबै फरमानहरु
    स्वीकार्य छ्न
    मेरो प्यारो देशका खातिर
    बरु बुल्डोजर चलाउ यो छातीमा
    तिम्रो पाप कुण्डका बिरुद्द
    बिद्रोहको ज्वाला बोक्ने
    हो म खसमखास
    तिम्रो राज्य बिरुद्दको
    संगठित अपराधी हुँ !
    बैशाख १५ ,२०७६

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ