• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    नेपाल बन्दमा कहाँ-कहाँ भए बम विस्फोट र आगजनी, यस्तो छ क्षेतिको विवरण

    25.7K
    SHARES

    काठमाडौं । आफ्ना नेता तथा कार्यकर्तामाथि सरकारले ब्यापक धरपकड गरेको भन्दै नेकपाले आयोजना गरेको नेपाल बन्दको असर देशभर पर्यो । राजधानी काठमाडौँ लगाएत देशभर बन्दले जनजीवन प्रभावित बन्यो ।

    नेपाल बन्दको क्रममा देशका बिभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् । भेटिएका केही बम तथा शंकास्पद बस्तु सुरक्षाकर्मीले निश्क्रिय पारेका छन् भने केही विष्फोट भएका छन्।

    यसै क्रममा पूर्वी नवलपरासीको पूर्वपश्चिम लोकमार्गका ठाउँ-ठाउँमा शंकास्पद वस्तु भेटिएका छन् । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परे पछि सडक अवरुद्ध थियो ।

    त्यसैगरी देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि पनि रातो झोलामा शंकास्पद वस्तु फेला परेको छ । दुम्किौली हेल्थ पोष्ट अगाडि लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो ।

    त्यस्तै पाल्पाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको छ । गाउँपालिकको वडा नम्बर ३ को वडा सचिव बस्ने कोठा छेऊमा विस्फोट गराइएको छ । विस्फोटबाट एक थान कम्प्यूटर, तिन वटै तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राहो समेत केही चर्किएको गाउँपालिका प्रवक्ता विष्णु खनालले बताए ।

    बुधबार बिहान १ बजे विस्फोट भएको स्थानीयहरुले बताएका छन् । यस्तै बन्दको पूर्व सन्ध्यामा नवलपरासीमा बुधबार साँझ चौधरी उद्योग अगाडि बम विस्फोट भएको थियो ।

    यस्तै उता कोहलपुरमा प्रेसरकुकर बम फेला परेको छ । ईलाका प्रहरी कार्यालयबाट १ हजार ५ सय मिटर टाढा रहेको कृषि बजार अगाडिको मुख्य राजमार्गमा बिहीबार बिहानै प्रेसरकुकर बम फेला परेको हो । बिहिबार बिहान ५ बजे मुख्य राजमार्गमा शंकास्पद बस्तु देखिएपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै राँझास्थित सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।

    करिब २ घण्टाको प्रयासपछि सिद्धिबिनायक सामुदायिक बनमा लगेर बम डिस्पोज गरिएको थियो । प्रहरीका अनुसार निष्क्रिय पारिएको कुकर बममा ठुलो क्षमताको विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।

    यस्तै यता अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि बम फेला परेको छ। चुत्राबेशीको व्यस्त चोकमा भेटिएको उक्त बम नेपाली सेनाले सुरक्षित स्थानमा लगेर डिस्पोज गरेको छ । उता बागलुङ सदरमुकाममा पाईप बम फेला परेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ शिव धाराचोक स्थित कम्पेलेक्स रहेको घरमा पाइप बम फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल गरेको प्रहरी प्रमुख कृष्णहरि शर्मा पोख्रेलले बताए । सदरमुकाममै बम फेला परेपछि बागलुङ बजार पुर्ण रूपमा बन्द रहेको छ । यातायात, शैक्षिक संस्था, उद्योगधन्दा सञ्चालनमा आएका छैनन्।

    यस्तै गण्डकी प्रदेशको राजधानी पोखरामा पनि बम भेटिएको छ । उक्त बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा एकजना नेपाली सैनिक घाइते भएका छन् । पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा भेटिएको बमलाई निष्कृय पार्ने क्रममा पड्किंदा कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत अमलदार धर्म थापा घाइते भएका हुन् ।

    थापाको हातका औंलामा क्षति पुगेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । प्रवक्ता गुरुङका अनुसार घाइते थापाको अहिले फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

    यस्तै पोखरा २९ लेखनाथ घोतघोतेमा शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ । यस्तै पोखरा ५ जिरो किमीमा समेत शंकास्पद वस्तु फेला परेको थियो । पोखरा ९ न्यूरोड ट्रेड मल पछाडिसमेत शंकास्पद बस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    यस्तै रुपन्देहीको कोटिहवा स्थीत टाइगर प्यालेस होटल जाने बाटोमा, कन्चन गाउपालिका, धकधैइ, लुम्बिनी लगायतका क्षेत्रमा शंकास्पद बस्तु भेटिएको छ । उता मोरङको सुन्दरहरैचामा बम फेला परेको छ । बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका ७ स्थित बेलगाछीमा नक्कली कुकर बम फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको छ । यस्तै गरी उता कैलालीको अतरियामा २ वटा बम फेला परेका छन् । उक्त बमलाई नेपाली सेनाद्वारा निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

    यस्तै नवलपुरमा भारतको गुजरातबाट काठमाडौं जानका लागि आउदै गरेको आर जे ०२ जिबि २८७० नंबरको ट्रकमा बन्दकर्ताले आगजनी गरेका छन् । आगलागिबाट ट्रकमा पूर्ण क्षती पुगेको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर ट्रकमा लागेको आगो निभाएको थियो । यस्तै उता झापामा एक स्कुल बसमाथि आगजनी भएको छ।

    सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवाकाे माग गर्दै आयोजना गरिएको बन्दकाे अवज्ञा गर्ने एक स्कुल बसमाथि आगजनी गरिएको नेकपाले जनाएको छ । झापामा बिहानै देखि यातायात, शैक्षिक, उद्योग, कलकारखाना, सरकारी कार्यालय बन्द भएका थिए ।

    यस्तै चितवन र नुवाकोटमा पनि बम विस्फोट भएका छन् । चितवनको खैरेनी नगरपालिका, राप्ती नगरपालिका, रन्तनगरपालिका र कालीका नगरपालिको कालिचोक, भरतपुर महानगरपालिको नारायणगढचोकमा बम विस्फोट भएका छन् । उता नुवाकोटको विदुर नगरपालिकामा बम विस्फोट भएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ