• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    रसुवा बाढी : ७ बैंकका २७ कर्मचारी अझै सम्पर्कविहीन

    292
    SHARES



    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि नदी आसपासका क्षेत्रमा कार्यरत ७ वटा बैंकका २७ कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्। बुधबार बिहान आएको बाढीपछि उनीहरूसँग सम्पर्क टुटेको हो।

    नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बिहीबार अबेरसम्म पनि सम्पर्कविहीन कर्मचारीको अवस्था यकिन हुन सकेको छैन। उनीहरूको खोजी तथा सम्पर्कका लागि बैंकका तर्फबाट आवश्यक प्रयास भइरहेको उनले बताए।

    बाढीका कारण विभिन्न बैंकका ९ वटा शाखा कार्यालयमा पूर्ण क्षति पुगेको बताइएको छ। टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका शाखाहरूमा ठूलो क्षति पुगेको र सम्पर्कविहीन कर्मचारी पनि सोही क्षेत्रका रहेको कोइरालाले जानकारी दिए।

    उनका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७, माछापुच्छ्रे बैंकका ५, सानिमा बैंकका २, लक्ष्मी सनराइज बैंकका ३, हिमालयन बैंकका १, एनएमबी बैंकका ४ र प्रभु बैंकका ५ कर्मचारी सम्पर्कविहीन छन्।

    बाढीले बैंकका शाखा कार्यालयमा पुर्‍याएको भौतिक क्षतिको यकिन विवरणसमेत तत्काल निकाल्न सकिने अवस्था नरहेको कोइरालाले बताए। शाखामा रहेका लकर तथा भल्टको अवस्था, नगद र अन्य सामग्रीमा भएको क्षतिबारे विवरण संकलन तथा प्रमाणीकरणको काम भइरहेको उनले जानकारी दिए।

    क्षतिको वास्तविक अवस्था पत्ता लगाउन शाखासम्म पुगेर स्थलगत मूल्यांकन गर्नुपर्ने भए पनि बाढीका कारण तत्काल त्यसो गर्न कठिन भइरहेको बैंकर्स संघले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ