• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ज्ञान निकेतनको बसमा अखिल क्रान्तिकारीको छापा, प्रश्नपत्र आउट गरेको आशंका

    8.4K
    SHARES



    काठमाडौँ । विद्यार्थीहरुले ज्ञान निकेतन सेकेन्डरी इंगलिस स्कूलको बसमा छापा हानेका छन् । अखिल क्रान्तिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) कोप्रश्नपत्र आउट गरेको आशंकामा बसमा छापा हानेको हो ।

    प्रश्नपत्र आउटकै कारण प्रदेश नम्बर दुईको परीक्षा स्थगित भइहरेको बेला संघीय राजधानी काठमाडौँमा नेकपा (क्रान्तिकारी माओवादी) र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शनिबार विहान वानेश्वारमा छापामा हानेका हुन् ।

    काठमाडौँको शंखमुलस्थित उक्त स्कूलले प्रश्नपत्र आउट गरी विद्यार्थीलाई पढाउँदै परीक्षा केन्द्र लग्ने गरेको सूचनाको आधारमा बसमा चेक गरेको अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले जानकारी दिए । काठमाडौँको भीमसेनगोला विद्यालयमा सेन्टर रहेको ज्ञान निकेतनले आधा घण्टा पहिले नै प्रश्नपत्र आउट गर्दै आएको सूचना आफूहरुलाई आएको रायमाझीले बताए ।

    ज्ञान निकेतनमा परीक्षा केन्द्र छ । परीक्षाको लागि आएका प्रश्नपत्र आघाघण्टा पहिले नै खोल्ने र विषय शिक्षकले विद्यार्थीले पढाउने गरेको आफूहरुलाई भित्रैबाट सूचना आएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । गजुरेल क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीकाक अध्यक्ष हुन् । “ज्ञान निकेतनले गैरकानुनी काम गरिरहेको सूचना हामीलाई स्कूलभित्रैबाट आएको थियो । विद्यार्थी भाईबहिनीहरुको मनोविज्ञानमा असर नपुगोस् भनेर स्कूलभित्र प्रवेश नगरेर बसमा चेक गरेका हौं” कार्कीले भने ।

    त्यसैगरी अध्यक्ष रायमाभफीले उक्त स्कूलको सानो भनवमा आउट गरेको प्रश्नपत्र पढाउने सूचना आफूलाई आएको भनदै भने, “हामीलाई ज्ञान निकेतनले एसइईको प्रश्नपत्र आउट गर्ने गरेको सूचना आएको थियो । अनुगमन गर्ने क्रममा हामीहरुले बसमा चेकजाँच गरेका हौं” रायमाझीले भने ।

    क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव पेशल दाहालले आफूहरुको अनुगमन जारी रहेन बताए । उनले प्रश्नपत्र आउट गर्नु गैरकानुनी भएको भन्दै भेटिए कारवाही गर्ने बताए ।

    ज्ञान निकेतनको परीक्षा केन्द्र रहेको भवनको पछाडि पट्टीको मोन्टेश्वर भवनमा आफ्ना विद्यार्थीहरुलाई जम्मा गरेर पढाउने गरेको आरोप रायमाझीले लगाए । स्कूलका प्रिन्सिपल शेरबहादुर कुँवरका छोरा विजयजीतको सेटिङमा प्रश्नपत्र आउट गरिरहेको विद्यार्थी नेताहरुले आरोप लगाएका छन् । उनी उक्त स्कूलमा रहेको परीक्षा केन्द्रका अध्यक्ष समेत हुन् ।

    विद्यार्थी नेताहरु स्कूल बसमा छापा लगत्तै ज्ञान निकेतनको परीक्षा केन्द्र रहेको भीमसेन गोला माविमा समेत पुगेका थिए । केन्द्राध्यक्ष गणेश कुमार राईसँग भेटेर ज्ञान निकेतनले गैरकानुनी कार्य गरिरहेको सूचना आफूहरुसँग आएको भन्दै छलफल गरेका थिए । विद्यार्थी नेताहरुसँग राईले केही भेटिएमा सहयोग गर्ने बताएका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ