• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    शिबगढी घटनाबारे नेकपाले मुख खोल्यो, आफ्नै हतियार थमाएर प्रहरीले फसाउन खोज्यो- वीरजंग

    7.6K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले कपिलबस्तुको शिवगढी भएको प्रहरी अप्रेशनबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । नेकपा लुम्बिनी ब्यूरोले प्रहरीले कपिलवस्तुको शिबगगढीबाट बरामद गरेको भनिएको हतियार आफ्नो नभएको बताएको छ । प्रहरीले आफ्नै हतियार जबरजस्ती थमाएर नेकपाका नेता कार्यकर्तालाई फसाउने षड्यन्त्र गरेको बताएको छ ।

    ब्यूरो इन्चार्ज वीरजंगले विहीबार एक विज्ञप्ति जारी गरेर दुर्गाबहादुर रोकाको घरमा भेटिएको भनिएको हतियार पार्टीको नभएको बताएका छन् । सुतिरहेको बेला रोकालाई गिरफ्तार गरेर बीच बाटोमा हतियार थाइदिएर प्रहरीले गोली हानेको वीरजंगले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    “स्थानीय दुर्गाबहादुर रोकालाई विहान बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले गरिफ्तार गरी बीच बाटोमा जबरजस्त हतियार थामाईदिइ प्रहरीबाट नै उहाँको खुट्टामा गोली हानी घाइते बाएको छ,” विज्ञप्तिमा अगाडि भनिएको छ, “रोकाको घरमा भेटिएको भनिएको उक्त हतियार पार्टीको नभएको जानकारी गराउदछौं । र यो घटना प्रहरीले आफ्नो हतियार जबरजस्त धमाई षड्यन्त्रमूलक ढंगबाट फसाउने कुनियतबाट प्रेरित रहेको स्पष्ट गर्न चाहन्छौं ।” उनले घाइते रोकाको स्वास्थ्य लाभको कामना गर्दै रिहाईको अपील गरेका छन् ।

    इन्चार्ज विरजंगले सर्वसाधारणलाई षड्यन्त्रमूलक फसाउने प्रपञ्च भएको बताउँदै खारेज गर्न चेतावनी दिएका छन् । त्यसैगरी भगवानपुर निमाविका प्रअ यादव चन्दको घरमा प्रहरीले जबरजस्ती खानतलासी गर्न खोज्दा विद्यार्थी र स्थानीयले प्रतिरोध गरेको समेत विज्ञप्तिमा बताइएको छ ।

    फरक सत्ताको अभ्यास गरिरहेको नेकपाको आधार इलाकाहरुको रुपमा रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा बिहानैदेखि हतियारसहित प्रहरी स्थानीयको घर घरमा पस्न खोजेपछि बिहानैदेखि स्थिति तनावग्रस्त बनेको थियो ।

    प्रहरीको विशेष टोलीले विहीबार विहान नेकपाका कार्यकर्ता र समर्थक, शुभचिन्तकको घरमा समेत छापा हान्न र खानतलासी गर्न पुगेपछि स्थानीय आक्रोशित बनेका थिए । सोहि क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

    शिवगढी नेकपाका महासचिव विप्लवको घर रहेको इलाका हो । बालबालिकालाई समेत आतंकित पार्दै प्रहरी हतियारसहित घरघरमा घुस्न थालेपछि आफूहरुलाई बिना कारण दुख दिएको भन्दै स्थानीयहरु आक्रोसित बनेका हुन । सोहि क्रममा उत्पन्न भएको बादबिबादले झडपको रुप लिएको हो । प्रहरीले ज्यादती गरेको भन्दै स्थानीयवासी प्रतिकारमा उत्रिदा दुई जना प्रहरी जवान घाइते भएको बताईएको छ ।

    स्थानीयबासीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । प्रहरीले हतियारको धम्की देखाएपछि आफूहरुले प्रतिकार गरेको स्थानीयले संचारकेन्द्रलाई बताए । स्थानीयसंगको झडपमा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।

    विशेष सुराकीबाट सूचना पाएको भन्दै प्रहरीले बिहीबार बिहान जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित यादव चन्दको घरमा सर्च थालेको थियो । यादव चन्द विप्लवका भतिजा भएको जनाइएको छ । सो क्रममा प्रहरीले विभिन्न हतियार नियन्त्रमा लिएको दावी गरेको छ ।

    हेर्नुहोस् विज्ञप्तिसहित

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ