• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    बन्दका कारण राप्तीको दैनिक चहलपहल ठप्प, यस्तो छ पछिल्लो खबर

    7.9K
    SHARES



    रोल्पा । आफ्ना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको राप्ती बन्दका कारण रोल्पाको दैनिक चहलपहल ठप्प भएकाे छ ।

    नेकपाकाे राप्ती ब्यूरोले प्रहरी प्रशासनले आफ्ना नेता-कार्यकर्ता गिरफ्तार गरेको भन्दै उनीहरुको तत्काल रिहाइका लागि आयोजना गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको हाे । राप्ती बन्दका कारण यहाँ लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा ठप्प रहेका छन् । बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थीहरु बन्द देखेर फर्किएका छन् । तर सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि र उपभाेग्य सामग्री पसललगायत इमरजेन्सी सेवा भने खुलैछन् ।

    नेकपाकाे राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’द्वारा जारी प्रेस विज्ञप्तिमा राप्तीका दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा जिल्ला आज बन्द रहने जनाइएकाे छ । नेकपाले आफ्ना दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरमा शहीद परिवार सम्मान कार्यक्रम गरिरहेको स्थलबाट गिरफ्तार गरिएकाेको भन्दै उनीहरुलाई निशर्त रिहा गर्न माग गरेकाे छ ।

    यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई समेत प्रहरीकाे पक्राउ गरेकोमा उनीहरुकाे समेत रिहाइ माग गरिएकाे छ । नेकपाले एनसेलमाथि ब्यापक आक्रमण बढाएपछि सरकारले नेकपाका नेता-कार्यकर्तालाई खोजी-खोजी गिरफ्तार गर्न थालेको छ ।

    सरकारको चरम दमनकाबिच पनि नेकपा भने देशभर संगठन सुदृढीकरण तथा बिस्तार अभियानमा छ । प्रहरीले देशका विभिन्न ठाउँमा अभियान संचलान गरिरहेका नेता-कार्यकर्तालाई समेत गिरफ्तार गर्न थालेको छ । यसैक्रममा अछाममा अभियान टोलीकी कमाण्डरमहिला संगठनकी केन्द्रिय अध्यक्ष बन्धु चन्दलाई गिरफ्तार गरेको छ ।

    त्यस्तै काठमाडौँमा आफन्तको बिहेमा सहभागी भइरहेकाबेला युवा नेता सुर्य भुजेललाई गिरफ्तार गरेको छ भने किसान संगठनका केन्द्रिय अध्यक्ष राजु कार्की र अखिल (क्रान्तिकारी)का पूर्व नेता एवं पार्टीका ब्युरो सदस्य केदार खतिवडालाई बुधबार प्रहरीले गिरफ्तार गरेको छ ।

    खतिवडालाई काठमाडाैँकाे दरबार मार्गबाट गिरफ्तार गरि हनुमानढोकामा राखेको जानकारी पारिवारिक स्रोतले दिएको छ । गृह प्रशासनले पछिल्लो समयमा नेकपाका नेताकार्यकर्तालाई व्यापक गिरफ्तार गर्ने र झुठा मुद्दा लगाउने कार्य गरेको नेकपाले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ