• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    ओली-प्रचण्डहरुको टाउकोमा नेपाली जनताले क्रान्तिको घन बर्साउने दिन आउदै छ: नेता कार्की

    8.2K
    SHARES

    दिया चन्द, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता नरबहादुर कार्कीले अहिलेका संसदवादीहरु दलालहरुका पनि दलाल भएको टिप्पणी गरेका छन् । २४ औँ जनयुद्ध दिवसको अवसरमा नेकपाले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेता कार्कीले नेपालका संसदवादीहरुलाई ‘लोकल एजेन्ट’को संज्ञा दिए ।

    ‘सुखी नेपाली, सम्बृद्ध नेपाल’ भन्ने प्रहसन जारी गरेर अहिलेका सत्ताधारीहरुले जनतालाई झुक्याएको उनको आरोप छ । नेता कार्कीले परिवर्तनका लागि अग्रसर नेपाली क्रान्तिकारी जनतालाई अलमल्याउनका लागि उनीहरुले कहिले पाईपबाट ग्यास ल्याउने त कहिले हावाबाट बिजुली निकाल्ने र कहिले पानी जहाज त कहिले रेल ल्याने झुटो आश्वासन बाँडेको बताए ।

    ‘नेपाली युवाहरुलाई रोजगारी दिने हैसियत नभएको राज्यले बेरोजगारी भत्ता दिने भन्दै धुम्बाराहीमा फेरी अर्को प्रहसन ओली सरकारले सुरु गरेको उनले तर्क गरे । ‘आज अर्को प्रहसन भैराख्या छ धुम्बाराहीमा, त्यो प्रहसनको नाम के हो भन्दा बेरोजगारी भत्ता दिने रे ?’ सरकारले बुधबार घोषणा गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’तर्फ इंगित गर्दै उनले थपे- ‘रोजगारी दिने हैसियत हुनुपर्छ, रोजगारी दिनका इमान्दार सरकार हुनुपर्छ, अरबौं अरब भ्रष्ट्राचार गरिरहेका यी दलालहरुले आफ्ना कार्यकर्ताहरुलाई लाइन लगाएर, ८ हजार कार्यकर्ताहरुलाई नियुक्ति दिएर तलब खान यो नाटक गरिरहेका छन् ।’

    सत्ताधारीहरुले गाउँपालिका, नगरपालिका र बिभिन्न निकायमा नियुक्त गरेका उनीहरुका हजारौं कार्यकर्ताले आज डोजर आतंक मच्चाईरहेको भन्दै उनले त्यसैमाथि सयौ गुणा कर थोपारेर राज्यले आफ्नो नालायकीपन प्रस्तुत गरेको दावी गरे । ‘देशमा एउटा उद्योग खोल्नसक्ने बुद्धि र इमान नभएको सरकारले बेरोजगारी भत्ता दिने सपना बाड्नु भनेको जनताको आँखामा धुलो झोकेर अर्को लुट मच्चाउनु हो’ उनले भने ।

    अहिलेका राज्य संचालकहरु युवा बेचेर खाने दलालहरुका पनि दलाल भएको उनले ठोकुवा गरे । ‘यिनीहरुले युवा बेचेर खाने ८ सय वटा मेनपावरका गुरु हुन । यिनीहरु दलालहरुका पनि दलाल हुन, यिनीहरुको ठुलो दलाल अमेरिका हो, त्यसपछिको दलाल भारत हो, त्यसपछिका यिनीहरु लोकल एजेन्ट हुन् ।’ ‘ उनले भने- ‘यिनीहरुको टाउकोमा जनताले अब क्रान्तिको घन बर्साउनेछन् । त्यो घन एकैचोटी लाखौं जनताहरुको हातमा हुनेछ ।’

    आफ्नाे पार्टीका नेता कार्यकर्तालाई बिना कारण ठाउँ ठाउँबाट समातेर झुटामुद्दा लगाएर आतंकित पार्न खोजेको भन्दै उनले अगाडि थपे- हामी सालिन तरिकाले भन्छौ, हामीले पनि आंतकित पार्नुपर्यो भने दलालहरु लुक्ने ठाउँ अहिलेदेखि खोज्दै गरे हुन्छ ।’

    आस्थाको राजनीति गर्न साथीहरु अभियान गइरहेको बेला सरकारले धरपकड र गिरफ्तारी गरेर आतंकित पार्न खोजेको नेता कार्कीको आरोप छ । आफ्नो पार्टीका प्रमुख नेताहरुलाई समात्न ६५ करोड खर्च गरेर सरकारले नेपाली सेना र नेपाल प्रहरी परिचालन गरेको सूचना आएको खुलासा गर्दै उनले भने- ६५ करोड होइन, ६५ अरब, पैसट्ठी खराब लगाएर खोजे पनि हाम्रो नेतालाई समात्न सकिनेवाला छैन । किनभने तपाई पनि विप्लव हो म पनि विप्लव हो, इमान्दार प्रहरी र सेना पनि विप्लव हो, बिद्यार्थी पनि विप्लव हो । हामी सबै एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द हामी सबै विप्लव हो ।’

    ‘जनवादी सत्ताबाहेक अरु सबै भ्रम हो’ भन्दै २०५१ सालमा जनयुद्ध सुरु गरेका प्रचण्ड क्रान्ति र सम्पूर्ण नेपाली जनतालाई बीच बाटोमै धोका दिएर अहिले धुम्बाराहीको भोज खान पुगेको बताए । नेता बिस्टले भने- ‘जनताको जनवादी सत्ता नआएसम्म दीर्घकालीन जनयुद्ध जारी रहनेछ र हतियार बिसाइने छैन, किन भने कुनैपनि किसिमको संसदवादी सम्झौता, कुनै पनि किसिमको साम्राज्यवादी षडयन्त्रभित्र बन्दुक बिसाएर हामी जनतालाई धोका दिने छैनौं, कित हामीसँग जनवादी सत्ता हुनेछ कित मृत्यु हुनेछ भनेर कपन बाँधेर हिडेका प्रचण्ड अहिले धुम्बाराहीमा भोज खाइरहेका छन् ।’

    लाखौं नेपालीका छोराछोरीलाई धोका दिएर धुम्बाराहीको भोज खान गएका प्रचण्डलाई सपनीमा समेत त्यहि धोकाको ग्लानिले नछोड्ने नेता कार्कीको तर्क छ ।

    आलोचानात्क चेतनासहित अहिले जनता क्रान्तिको पक्षमा उभिन लागेको भन्दै नेताकार्कीले त्यसका लागि आफूहरु देशभर अभियान संचालन समेत गरिरहेको बताए । बुधबार नेकपाले देशभर बिभिन्न कार्यक्रमको आयोजना गरेर २४ औँ जनयुद्ध दिवस मनाइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ