• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य

    स्याबास रबि !

    11.9K
    SHARES



    गणेश उप्रेती

    पुरुष हामी येस्तै हो ,
    जे पनि गर्न मिल्ने !
    जता पनि जान पाउने ।
    गाउंको साढे जस्तो ?
    जस्को बाली खाए नी भो ।
    जुन गोठ भत्काए नी भो ।

    एउटीलाइ थर्काउ ,
    अर्कीलाइ फकाउ ।
    सगैकीलाइ झुक्याउ ,
    बाहिरकीलाइ फुर्क्याउ ।

    बहाना चै देउ एउटा ।
    कुरो मिलेन !
    मन मिलेन !
    तन मिलेन !
    धन मिलेन !
    उ एउटी महिला हो ,
    दिनै पिछ्छे थोत्री रहने ।
    हामी एउटा पुरुष हौ ,
    मिनेटै पिछ्छे मात चढने ।

    हेल्लो रबि !
    आउ एउटा पुरुष सम्मेलन गरौ !
    हामी पुरुष !
    एउटा स्टेन्ड दिएपछि ,
    दुइ चार मनका बात गरे पछि
    नाथे महिलाका के कुरा ,
    यी फगत पुतली !
    हामी गुलाब ।
    यी झुम्मिने !
    हामी उम्किने ।

    ओ पुरुष आदर्श रबी !
    हामी लाइ नी आसिस देउ !
    महिला केबल भोग्या हुन !
    बजारका बिक्री माल हुन !
    मन परेकालाइ किन्ने ,
    नपरेकालाइ छोडने ।
    पुरुष राज कायम रहोस !
    रबि भगवान जायज होस !!

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ