• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    जीन्दगीकै तस्विर – गरिवकाे जिन्दगी हेर्नुहोस् भिडियोमा

    7.1K
    SHARES

    जन्मदेव जैसी, काठमाडौं । जीवनका रंगहरु सबैका आ-आफ्नै छन् । नेपाल जस्ता मुलुकहरुमा पुँजीवादकाे चरम प्रभाव अनि श्रमकाे मुल्यबीचकाे गहिराे खाडल छ ।

    सामाजिक बनाेट, सामन्ति संस्कार र श्रम शाेषणले गाँजेकाे नेपालमा संगीतप्रेमीहरु पनि आफ्नै जीवनका भाेगाईहरु कला र सिर्जनामार्फत व्यक्त गर्न रुचाउँछन् । यस्तै भाेगाईकाे एउटा सजिव चित्र “गरिवकाे जीन्दगी” बृद्धचित्रमा छ ।

    गायक तथा कलाकार श्री नेपालीकाे निर्देशनमा निर्माण भएकाे याे बृद्धचित्रमा अभिनय गर्ने कलाकारहरु पनि दिनभर शारीरिक श्रम गर्छन् । कलाकार राजकुमार खड्का त कलाकारमध्यकै धेरैलाई सामुहिक श्रममा जाेडेर राखेका छन् । राजकुमार आफै पनि निर्माण क्षेत्रका इमान्दार श्रमिक हुन् । भुवन बुढाथाेकी, राम तिमिल्सेनालगायतका कलाकाहरु पनि त्यही क्षेत्रकै श्रमिकहरु हुन् ।

    रमाइलाे पक्ष त के भने फिल्मका कथाकार, निर्मातादेखि मुख्य भुमिकामा रहेका प्राय: कलाकारहरुकाे जीवनमै आधारित छ याे सर्ट मुभि । जिवन्त अभिनय गरेर १० मिनेटसम्म दर्शकलाई कथामा डाेहाेर्याउन सफल याे टिमले यसअघि पनि विभिन्न टेलिफिल्म र भिडियाे गीतमा पनि अभिनय गरिसकेकाे छ ।

    श्रममा जस्तै अभिनयमा पनि सामुहिक काम गरेका श्रमिक कलाकारहरुले आफुहरुलाई दक्ष कलाकारकाे रुपमा स्थापित गर्न दिनरात संघर्षरत् छन् ।

    कथामा गरिव परिवारमा एक्लाे छाेराेले १२ पास गर्दाकाे खुशी पनि बाँड्न नपाउँदै रिनकाे भारीले थिचिएकाे जिन्दगीमा गाउँकाे सामन्तले दिनसम्म दुःख दिन्छ । रिनमाथि ब्याज थपेर झन् ऋण डबल बढ्दै जान्छ, त्याे गरिव परिवारकाे एउटामात्र आशा छाेराले जागिर खाएर ऋण तिर्छ भन्ने हाे ।

    तर जीवन साेचेजस्ताे हुन्न, परिवारकाे कथा झन् संकटतिर माेडिन्छ । सामन्तकाे थिचाेमिचाे, गरिबी अभावका विरुद्धकाे संघर्षमा जेलिएकाे कथाकाे अर्काे भाग पनि अाउने निर्देशक श्री नेपालीले जनाए ।

    देवीहरि घिमिरे, मैना सुनार, अनिशा पराजुली, सिर्जना राेक्का क्षेत्री, भिमसेन आलीकाे पनि अभिनय रहेकाे उक्त फिल्मकाे छायाँकन रविन्द्र लम्साल , परिकल्पनाकार देवहरि घिमिरे, सम्पादन मिलन राई तथा श्रृझ्गार रविना लम्सालले गरेका छन् भने भुमिलक्ष्मी मिडिया हाउस प्रा.लिकाे प्रस्तुति हाे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ