• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य

    निर्मला, तिम्रो पछ्यौरी सिंहदरबारमा अड्कियो

    30.8K
    SHARES

    प्रतिक चन्द

    गणतन्त्रको रमझममा झुमिरहेका
    नशाका प्यालाहरु पिउदै मात्तिएका
    न्यायको तराजुलाई खल्तीमा राखी
    भट्टीहरुमा उन्माद बैस जोख्दै हिड्ने
    कर्साबहरुको आँधीले
    उडाएको तिम्रो पछ्यौरी
    सिंहदरबारमा अड्कियो निर्मला,
    तिम्रो बाबा चिच्याई रहेछन
    तिम्री आम टोलाई रहेछिन
    तिम्रो पछ्यौरीले गिज्याइरहेछ
    सिंहदरबारबाट अठ्ठाहास हास्दै !!

    तिम्रा बाले बलेन्द्रिधारा
    पसिना चुहाउदै
    कमाएको दुई पैसा
    तिम्री आमाले भोको पेटमा
    पटुकी कस्दै साचेको भकारी
    तिम्ले खाने खोलेको
    आधा भाग काट्दै
    तिम्रो पछ्यौरीको रक्षा गर्न
    पठाएका सिपाहीहरु
    बुट बजार्दै रक्षा गरिरहेछन
    तिम्रो पछ्यौरीको
    सिंहदरबारमा !!

    तिम्रो पछ्यौरीमा लागेका
    सबुतका छिटाहरू
    सिंहदरबारमा उर्लेको
    कर्साबको उन्मादको
    भेलले बगायो निर्मला,
    न्यायको तराजुमा
    कर्साबको उन्माद र
    तिम्रो पछ्यौरी जोखिदा
    कर्साबको उन्माद भारी भयो
    फेरी उड्यो तिम्रो पछ्यौरी निर्मला
    फिक्का बन्दै सिमलको भुवा सरी
    न्याय बिलाएको निलो आकासमा !!

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ