• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    मंसिर पहिलो साता काठमाडौंमा एमालेले राष्ट्रिय भेला गर्ने

    375
    SHARES



    काठमाडौं । नेकपा एमालेले आगामी मंसिरको पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको स्थायी कमिटी बैठकले तल्लो तहका संगठनात्मक भेला सम्पन्न गरेपछि राष्ट्रियस्तरको कार्यक्रम गर्ने निर्णय गरेको हो।

    पार्टी सचिव महेश बस्नेतका अनुसार राष्ट्रिय कार्यकर्ता भेलामा प्रदेश र जिल्ला तहका पदाधिकारीसँगै पालिका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

    बैठकले संगठनात्मक गतिविधिलाई अघि बढाउने क्रममा वडा र पालिका अधिवेशनको मिति पनि निर्धारण गरेको छ। निर्णयअनुसार मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गरिनेछ।

    वडा तथा नगर अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारीसमेत गरिएको बस्नेतले जानकारी दिए।

    एमालेको स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी थिइन्। स्रोतका अनुसार उनले वरिष्ठ नेताको शपथसमेत लिएकी छन्।

    स्थायी कमिटीको बैठकले पार्टीका आगामी संगठनात्मक कार्यक्रमबारे छलफल गरेको छ। बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने जनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ