• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    देउवा समूहका तीन प्रदेश सभापति केन्द्रीय समिति बैठकमा

    272
    SHARES



    काठमाडौँ । विशेष महाधिवेशनको विरोधमा वक्तव्य निकाल्ने नेपाली कांग्रेसका तीन प्रदेश सभापति वर्तमान कार्यसमिति बैठकमा उपस्थित भएका छन् ।

    विशेष महाधिवेशनको विपक्षमा वक्तव्य निकालेका कोशी प्रदेशका सभापति उद्धव थापा, बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र मधेस प्रदेशका सभापति कृष्ण यादव जारी केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् । बागमती प्रदेश सभापति बानियाँ र मधेस प्रदेश सभापति यादव बहालवाला मुख्यमन्त्री पनि हुन् ।

    विशेष महाधिवेशनको बेलामा नै गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कित्ता क्लियर गरेका थिए ।

    कोशी प्रदेशका सभापति थापा शुक्रबार र आइतबार उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकमा सहभागी भएर धारणा राखेका थिए ।

    बागमती प्रदेश सभापति बानियाँ र मधेस प्रदेश सभापति यादव मंगलबारदेखि सुरु भएको बैठकमा सहभागी छन् । बैठकमा कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर भने उपस्थित भएका छैनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ