• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    इजरायल–इरान युद्धविरामको घोषणापछि तेलको मूल्य घट्यो, सेयर बजारमा उछाल

    369
    SHARES



    काठमाडौँ । इजरायल र इरानबिच दुई सातासम्म चलेको तनावपश्चात मंगलबार दुबै देश युद्धविराममा सहमत भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य झन्डै ५ प्रतिशतले घटेको छ।

    तेलको अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य घटेर प्रतिव्यारेल ६८ डलरसम्म पुगेको थियो, यद्यपि इजरायल र इरानले केही घण्टामै एक अर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाएपछि मूल्यमा केही वृद्धि देखिएको थियो।

    हालैका दिनहरूमा तेहरानले स्ट्रेट अफ होर्मुज, जहाँबाट विश्वको ठुलो परिमाणमा तेल र ग्यास आपूर्ति हुन्छ, अवरुद्ध गर्न सक्ने सम्भावनाले बजारमा डर बढेको थियो र तेलको मूल्य प्रतिव्यारेल ८१ डलरसम्म पुगेको थियो। यसले पेट्रोल, डिजेल तथा व्यापार खर्च वृद्धिका कारण जीवनयापन खर्चसमेत बढ्न सक्ने चिन्ता पैदा गरेको थियो।

    तर युद्धविरामको घोषणासँगै तेलको मूल्य पुनः घटेर अहिले प्रतिव्यारेल ६९.६७ डलरमा कारोबार भइरहेको छ, जुन १३ जुनमा इजरायलले इरानको आणविक केन्द्रमाथि आक्रमण सुरु गरेपछि कायम मूल्यभन्दा अलिकति कम हो।

    फिलिप नोभाकी वरिष्ठ बजार विश्लेषक प्रियंका सचदेवाले भनिन्, ‘यदि युद्धविराम घोषणाअनुसार पालना भयो भने लगानीकर्ताहरूले बजार सामान्य अवस्थामा फर्कने अपेक्षा गर्न सक्छन्।’

    तर उनले थपिन्, ‘तेलको मूल्य निर्धारणमा इजरायल र इरानले युद्धविरामको पालना कति गर्छन् भन्ने कुरा निर्णायक हुनेछ।’ इजरायलले इरानले मिसाइल आक्रमण गरेर युद्धविराम तोडेको दाबी गरेपछि तेलको मूल्यमा आएको गिरावट केही सीमित भएको छ।

    यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम लागू भएको घोषणा गरेपछि अमेरिका, बेलायत र युरोपेली सेयर बजारमा उछाल आएको देखियो।

    अमेरिकी बजार खुलेसँगै एसएन्डपी ५०० र डाउ जोन्स औद्योगिक सूचकाङ्क करिब ०.९% ले बढे। नासड्याक १% भन्दा बढीले उकालो लाग्यो। युरोपमा बेलायतको एफटीएसई १०० सूचकाङ्क ०.४% ले बढ्दा जर्मनीको डीएएक्स १.७% ले उचालियो। एसियाली बजारमा जापानको निक्केई १.१% ले बढेर बन्द भयो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ