• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रास्वपा र राप्रपाको विरोधबीच सभामुखले बढाए संसद् बैठक

    140
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्‌ बैठकमा अवरोध गरे पनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् ।

    संसद् सुरु हुनासाथ उठेर विरोध जनाएका रास्वपा र राप्रपाका सांसदको नाराबाजीका बीच सभामुख घिमिरेले सांसदलाई बोल्न दिएका छन् ।संसद्मा अहिले अर्थमन्त्री विष्णु पौडेलले नाराबाजीका बीच आफ्नो भनाइ रोष्ट्रमबाट राखिरहेका छन् ।

    बैठक बस्नुअघि सभामुख घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सभामुख घिमिरेले संसद् सञ्चालनकै विषयमा रास्वपाका कार्यवाहक सभापति अर्याल र राप्रपा अध्यक्ष लिङ्देनसँग पनि अलग-अलग छलफल गरेका थिए ।

    रास्वपा र राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ