• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    साढे ११ करोड ठगी आरोपमा पक्राउ परेका सिप्रबी सेक्युरेटिजका महाप्रबन्धकविरुद्ध ३ दिन म्याद थप

    1.7K
    SHARES



    काठमाडौं । साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध तीन दिन म्याद थप भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौका एसपी कुलदीप चन्दले तीन दिन म्याद थप भएको बताए । बुधबार बिहान उनी आफैं परिसरको कार्यालय भद्रकालीमा आएपछि नियन्त्रणमा लिइएको थियो ।

    प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मीता अग्रवाल मुरारकाले जाहेरी दिएकी थिइन् । शेयर कारोबारको रकम फिर्ता नगरेको भन्दै जाहेरी परेको थियो ।

    यसअघि यस्तै ठगी आरोपमा शेयर कारोबार दीपेन्द्र अग्रवाल पनि पक्राउ परेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ