• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    होच्याएको सहन नसकेर काठमाडौंमा मालिकबाटै भारतीय कामदारको हत्या

    6.6K
    SHARES



    काठमाडौं । आफ्नै मालिकबाट काठमाडौंका न्ह्योखामा भारतीय नागरिकको हत्या भएको खुलेको छ ।

    भारतको पश्चिम बंगाल राज्य घर भएका ५४ वर्षीय सुब्रता पालको हत्यामा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा उनी मालिक रहेको खुलेको हो । पालको हत्या आरोपमा नुवाकोटको ककनी गाउँपालिका–८ मात्रा गाउँका ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार, हत्या आरोपमा पक्राउ परेका कालिकोटको अनुसार सामान्य विवादमा हत्या भएको देखिन्छ । आफू मालिक भए पनि त्यो अनुसारको व्यवहार नगरेको, होच्याएको निहुँमा हत्या गरेको आरोपीले बताएको आचार्यले बताए ।

    उनका अनुसार कालिकोटे सुनचाँदी पसल थियो । उनको पसलमा पाल सुनारको काम गर्थे । १३ साउनमा दुवैजना सँगै मदिरा पिएर पालको कोठामा सुत्न भनेर गएका थिए । न्ह्योखास्थित विष्णुभक्त श्रेष्ठको घरको तेस्रो तलामा पालको कोठा थियो ।

    उक्त कोठामा गएपछि आफूलाई किन होच्याएको भन्दै कालिकोटले पाललाई प्रश्न गरेको र त्यही निहुँमा विवाद भएपछि १४ साउन राति २:४५ बजेतिर हत्या गरेको उनले प्रहरी समक्ष बताएका छन् । होच्याएकाले रिस उठेपछि नजिकैको ह्याम्मरले हानेर हत्या गरेको उनको भनाइ छ ।

    हत्यापछि फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले नयाँ बसपार्कस्थित विपिन श्रेष्ठले सञ्चालन गरेको ऋषिकेश गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ