मकवानपुर । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।
मुख्यमन्त्री लामाको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) बमोजिम राजीनामा दिएका थिए ।
नयाँ मुख्यमन्त्री नियुक्तिका लागि संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाबाट दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यले दाबी पेस गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार उक्त पदका लागि दाबी पेस गर्ने आह्वान गरिएको हो ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले एक विज्ञप्ति जारी गर्दै उक्त प्रक्रियाअनुसार, बहुमत प्राप्त गर्न सक्ने दाबी प्रस्तुत गर्न मंगलबार दिउँसो २ बजेभित्र प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेस गर्नुपर्ने जनाइएको छ ।
प्रतिक्रिया