काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता एकता गर्ने सहमति गरेको छ ।
मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए ।
उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ । ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ,’ सापकोटाले भने, ‘वार्ता टोली बनाएर छलफल थाल्ने छौं ।’
यस्तै माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक दशैंपछि बस्ने निर्णय गरेको छ । सापकोटाका अनुसार, दशैंपछि तिहार अघि केन्द्रीय समिति बैठक बस्ने निर्णय भएको हो ।
‘केन्द्रीय समितिको बैठक दशैं पछि तिहार अघिको समयमा बस्ने निर्णय भएको छ,’ प्रवक्ता सापकोटाले भने । त्यस्तै, पोखरासम्म पुगेर रोकिएको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ गतेदेखि सुरु गरेर ताप्लेजुङसम्म पुग्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया