• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ओलीलाई विद्याको जवाफ- मलाई एमाले नेता कार्यकर्ता भेट्न कसैको अनुमति लिनु पर्दैन

    2.9K
    SHARES



    विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता-कार्यकर्तासँग भेटघाट र छलफल गर्न पार्टीको अनुमति नचाहिने बताएकी छन् ।

    मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानीका क्रममा भण्डारीले आफूले एमालेमा संगठित सदस्य नलिएदेखि काम गरेको बताइन् ।

    ‘एमाले मैले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी हो’, उनले भनिन्, ‘यसका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता छैन ।’

    उनले आफू राष्ट्रपति बन्नअघि पनि एमालेमै काम गरेको स्मरण गराएकी छन् । ‘म राष्ट्रपति हुनुपहिले, संगठित सदस्यता लिनुपहिले नै पार्टीमा काम गरेर आएकी हुँ। मेरो चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हो’, उनले भनिन्, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्छ, भेटघाट गर्दै गर्नुपर्छ, जनताको विचार बुझ्नुपर्छ । नयाँ पुस्ताका आकांक्षा जान्नुपर्छ । नयाँ पुस्ताको आकांक्षा पूरा गर्न, राष्ट्रिय आकांक्षा साकार बनाउन लाग्नु हाम्रो कर्तव्य हो।’

    उनले त्यसका लागि आफूहरूले बाँचुन्जेल संघर्ष गर्नुपर्ने बताइन् । ‘हामीले देशका लागि, नयाँ पुस्ताका लागि देशका लागि काम गर्नुपर्छ । त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन’, उनले ओलीलाई जवाफ दिँदै प्रष्ट शब्दमा भनिन् ।

    उनले एमालेको अध्यक्ष बन्न आफूले गुटगत गतिविधि गरेको भनेर लागेको आरोपको पनि खण्डन गरिन् । ‘अध्यक्ष ओली(केपी शर्मा ओली)जीले मलाई नै तोकेर भन्नुभयो होला भन्ने लाग्दैन । म कहिले गुट नबनाएको मान्छे, त्यसो भन्न मिल्दैन’, उनले थपिन्, ‘उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि ? अरू आकांक्षीको मनमा प्रश्न उठेको होला ।’

    उनले आफू एमालेमा फर्किएर काम गर्न इच्छुक रहेको पनि संकेत गरिन् । ‘जहाँ जसरी हुन्छ काम गर्ने हो । ओलीजीले महाधिवेशन आएपछि नेतृत्व निर्माण हुन्छ, मिलाएर गर्छौं भनेर आश्वस्त गर्नुभएको हुनसक्छ’, उनले भनिन् ।

    प्रधानमन्त्री ओलीले आइतबार भण्डारीलाई लक्षित गरि कडा अभिव्यक्ति दिएका थिए। भण्डारीले गुटबन्दी गर्न थालेको आरोप लगाउँदै उनले त्यसको पछि नलाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए ।

    केही दिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा बसेर काठमाडौं फर्किएकी छन् । झापा, सुनसरी र मोरङका एमाले कार्यकर्ताहरूसँग भेटघाट सकेर उनी मंगलबार काठमाडौं फर्किएकी हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ