• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    अपराह्न १:१५ बजे राष्ट्रिय सभाको बैठक बस्दै

    71
    SHARES



    काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । अठारौँ अधिवेशनको १९ औँ बैठक सोमबार अपराह्न १:१५ बजेका लागि बोलाइएको हो ।

    महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “जलस्रोत विधेयक, २०८१” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने रहेको छ ।

    त्यस्तै उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “भन्सार विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले “विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित पानीजहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ