• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रचण्डको ब्रिफिङ– भिजिट भिसा प्रकरणको छानबिन गर्न कांग्रेस लचक भएन

    141
    SHARES



    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न कांग्रेस लचक नभएको बताएका छन् ।

    नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन् । प्रचण्ड शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । उक्त भेटमा प्रचण्डले आफू विपक्षी दलहरूको म्यान्डेड लिएर आएको बताएको प्रचण्डले सुनाए ।

    जवाफमा कांग्रेस सभापति देउवाले संसद प्रभावित हुँदा बजेटमाथिको छलफल प्रभावित भएको र यसले कसैको भलो नगरेको बताएका छन् । प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले छानबिन समिति माग गरेको र समितिको मोडालिटीको विषयमा लचक रहेको बताए ।

    प्रचण्डले ब्रिफिङ गरे अनुसार संसदीय छानबिन समिति बनाउने, पूर्व न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति बनाउने लगायतका विकल्पमा जान तयार रहेको प्रस्ताव राखे ।

    तर, देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भनेर प्रचण्डको प्रस्ताव स्वीकार नगरेको प्रचण्डले सुनाएका छन् । विपक्षी दलको बैठकपछि पुनः कांग्रेस र माओवादी नेताहरू संवादमा जुटेका छन् ।

    विपक्षी दलहरूको बैठक लम्बिएको र फेरि माओवादी र कांग्रेसका नेताहरू संवादमा रहेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो सवा ३ बजेका लागि सारिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ