• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कमल थापा प्रहरी नियन्त्रणमा, स-सम्मान फिर्ता गर्न राजेन्द्र लिङ्देनको माग

    2.8K
    SHARES



    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    काठमाडौंस्थित नक्साल नारायणचौरमा भएको राजावादीहरूको आन्दोलनबाट पूर्वगृहमन्त्रीसमेत रहेका थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले थापालाई नियन्त्रणमा लिइएको जानकारी दिए। ‘भिडलाई भड्काउन खोजेपछि उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘अरू पनि नियन्त्रणमा छन्।’

    नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन’ समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ।

    राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राखेर सुवेदी नेतृत्वको समितिले ‘जनआन्दोलन’ गरिरहेको छ।

    यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरीले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स-सम्मान फिर्ता गरिनुपर्ने बताएका छन्। लिङ्देनले देशभरका साथीहरूलाई आन्दोलनमा बोलाउने बताए।

    ‘कमल थापालगायत मानिसलाई यहीँ ल्याइदिनुस्, हैन भने अरू साथीभाइलाई पनि देशभरबाट बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरू हुन्छ,’ लिङ्देनले नारायणचौरमा भने, ‘हाम्रो भद्रतालाई कमजोरी ठान्नु हुन्छ भने अब हामी एक ठाउँ भेला भएर होइन ५० ठाउँबाट निस्कन्छौं। अहिले थापालाई यहाँ ल्याएर स-सम्मान फिर्ता नगरे भोलिबाट काठमाडौं उपत्यका बन्द सुरू हुन्छ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ