• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    शेखरले गरे गगन थापासहित नेताहरूसँग छलफल

    609
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरूसँग छलफल गरेका छन्।

    १४ औं महाधिवेशनमा आफ्नो समूहबाट उम्मेदवार भई निर्वाचित भएका उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियारलगायतसँग कोइरालाले शुक्रबार बिहान छलफल गरेका हुन्।

    कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार नेताहरूबीच बालुवाटारस्थित सचिवालयमा छलफल भएको हो। ‘समसायमिक राजनीतिक घटनाक्रम लगायतबारे नेताहरूबीच आज छलफल भएको हो,’ उनले भने।

    स्रोतका अनुसार क्रियाशील सदस्यतालगायत विभिन्न विषयमा छलफल भएको थियो। नेता कोइरालाले लामो समयदेखि आफ्नो समूहसँग छलफल गरेका थिएनन्।

    कांग्रेसमा महामन्त्री थापाको संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति छ। उक्त समिति सदस्यहरूमा सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) छन्।

    पार्टीको पछिल्लो पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणमा नेताहरूको साथ खोजेका थिए।

    असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणका सम्पूर्ण काम सक्न थापाले यसअघि नै मातहत निकायहरूमा निर्देशन पठाइसकेका छन्। कांग्रेसमा क्रियाशील सदस्यतालाई लिएर २१ सयभन्दा धेरै उजुरी छन्।

    नेता कोइरालाले समयमै १५ औं महाधिवेशन हुनुपर्ने बताइरहेका छन्। २०७८ मा १४ औं महाधिवेशन भएकोले चार वर्षको अन्तरालमा १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्ने हो।

    तर सभापति शेरबहादुर देउवाले पार्टी विधानले दिएको अधिकारअनुसार विशेष परिस्थिति देखाएर एक वर्ष कार्यकाल थप गर्ने तयारी गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ