• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रतिनिधि सभा बैठक भोलि दिउँसो १:३० बजेसम्मका लागि स्थगित

    863
    SHARES



    काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १:३० बजेसम्मका लागि स्थगित भएको छ। संघीय संसद सचिवालयले सूचना टाँस गरेर बिहीबार दिउँसो १:३० बजेसम्मका लागि बैठक स्थगित गरेको हो।

    बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब दुई घन्टा ढिला गरी सुरू भए पनि विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरूले मंगलबारदेखि प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन्।

    सभामुख देवराज घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीले सदनको गतिरोध अन्त्य गर्न पहल गरेका थिए। गृहमन्त्री लेखकले आज प्रतिनिधि सभामा बोल्न समय मागेका थिए तर विपक्षीहरूले अवरोध गरे।

    गृहमन्त्री लेखकले आजै अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी भिजिट भिसा प्रकरणलगायत विषयमा कुरा राख्ने भएका छन्। विपक्षीहरूले बिहीबार बजेट ल्याउन भने अवरोध नगर्ने बताइरहेका छन्

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ