काठमाडौँ । नेकपा एमालेले विपद् जोखिम न्यूनीकरणका लागि मातहतका कमिटीहरूलाई सक्रिय बनाउने भएको छ ।
सो पार्टीको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले मंगलबार रणनीतिक कार्यशालाले ११ बुँदे कार्ययोजना पारित गरेको छ । विभाग प्रमुख खिमलाल भट्टराईका अनुसार सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन स्वयंसेवा विभाग गठन गरिनेछ ।
कार्यशालामा महासचिव शङ्कर पोखरेलले पार्टीका सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्न र पार्टी कमिटीहरूलाई बाढी पहिरो र डुबानबाट हुन सक्ने जोखिमको न्यूनीकरणका निम्ति पूर्व तयारी, सचेतना तथा उद्धार र राहतका कार्यहरूमा जुट्न निर्देशन दिएका छन् ।
विपद् विज्ञ डा वसन्त अधिकारीले वाढीपहिरो र जोखिमका विभिन्न पक्षहरूको बारेमा कार्यशालामा विषय प्रस्तुति गरेका थिए । प्रदेश/ जिल्ला कमिटीका अध्यक्षहरू, जिल्ला विभागका प्रमुखहरू, जन सङ्गठनका प्रमुख र प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए ।
प्रतिक्रिया