• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकहरूबीच छलफल

    401
    SHARES



    काठमाडौँ । सभामुख देवराज घिमिरे र सत्ता तथा प्रतिपक्षी दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ। सभामुखको सचिवालयका अनुसार मंगलबार अपराह्न छलफल भएको हो।

    सदनको गतिरोध हटाउने विषयमा छलफल केन्द्रित छ। प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान राखेका छन्।

    तर कांग्रेस र एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने कुरा राखेका छन्। आज मध्याह्न १२ बजे आधा घन्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक सूचना टाँसेर साढे २ बजेसम्मका लागि स्थगित भएको थियो।

    उक्त समयमा पनि सदन चल्न सकेन भने सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ