• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    अदालत परिसरबाटै पुनः गिरफ्तार गर्ने सूचना पाएपछि प्रकाण्ड अदालतभित्रै

    57.8K
    SHARES



    काठमाडौं ।

    सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ गर्ने प्रहरीले तयारी गरेको सुचाना थाहा पाएपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) भित्रै बसेका छन् । सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिए लगत्तै पक्राउ गर्न भनेर  प्रहरी अदालतबाहिर कुरेर बसेको छ।

    उनलाई फेरि पक्राउ गर्न प्रहरीले तयारी गरेपनि प्रकाण्ड भने अदालतभित्रै छन्  । सर्वोच्च अदालतको संयुक्त इजलासले आज प्रकाण्डलाई रिहा गर्न आदेश गरेको थियो। केही महिना अघि काभ्रेमा एनसेलको टावरमा आगलागी गरेको आरोपमा पुनः प्रकाण्डलाई पक्राउ गर्न प्रहरीले गोप्य योजना बनाएको छ ।

    सर्वोच्च बाहिर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको र दुई दिनको म्याद थप गरेका कारण पुनः गिरफ्तार गर्न सक्ने सम्भावना भने रहेको छ ।

    यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न अादेश दिएको थियो ।

    चन्दा असुली गरेको अारोपमा प्रकाण्डलार्इ नेपाल प्रहरीको बिशेष ब्यूरोले २२ साउनमा पक्राउ गरेको थियो ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ