• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सोल्टी होटलमा पूर्वराजा र राजावादी नेताहरूले गरे लन्च मिटिङ

    1.5K
    SHARES



    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी नेताहरूसँग लन्च मिटिङ गरेका छन्।

    पूर्वराजा शाहले बिहीबार काठमाडौंको सोल्टी होटलमा ‘संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टसँग लन्च मिटिङ गरेका हुन्।

    ‘राजाले चार जना नेताहरूसँग लन्च मिटिङ गर्नुभएको हो, बिहान ११ बजेदेखि एक घन्टा कुराकानी भएको थियो,’ स्रोतले भन्यो। पूर्वराजा शाह र नेताहरूबीच के-के विषयमा कुराकानी भयो भन्नेबारे उक्त स्रोतले खुलाउन चाहेन।

    ‘संयुक्त जनआन्दोलन समिति’ ले जेठ १५ गतेदेखि ‘जनआन्दोलन’ घोषणा गरेको छ। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डामा उनीहरूले आन्दोलन गर्न लागेका हुन्।

    त्यसका लागि समितिले तयारी स्वरूप दिनहुँजसो कार्यक्रमहरू गर्दै आइरहेको छ। यसै मेसोमा राजावादीहरूले आज पूर्वराजासँग लन्च मिटिङ गरेका हुन्।

    यसअघि पूर्वराजा शाह १२ दिनसम्म नगरकोटमा बसेर राजावादी नेताहरूसँग भेटवार्ता गरेका थिए भने वैशाख ५ गते राप्रपाका ७ जना नेताहरूसँग निर्मल निवासमा लन्च मिटिङ गरेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ