• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    माओवादीसँग सहकार्यको कुनै योजना छैन : कांग्रेस

    705
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर जाने कुनै योजना नरहेको प्रष्ट पारेको छ ।

    संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माओवादी केन्द्रसँग सहकार्य गरेर जाने कुनै पनि योजना नरहेको प्रष्टीकरण दिएका हुन् ।

    ‘माओवादीसँग गठबनधन गरेर जाने भन्ने कुनै पनि योजना र एजेन्डा छैन । प्रतिपक्षी दलका नेताहरूसँग भेटघाट, कुराकानी, फोन संवाद त हुन्छ नै,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभापति शेरबहादुर देउवासँग गरेको टेलिफोन वार्ताबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘यो कुरालाई सामान्य अर्थमा लिनुपर्छ । सरकार परिवर्तनका विषयमा कुनै पनि सोच र योजना कांग्रेसले राखेको छैन ।’

    प्रमुख सचेतक घिमिरेले बजेटलगायतका विविध विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको बताए । ‘सांसदहरूले बजेटलगायत विविध विषयमा खुलेर छलफल गर्नुभयो,’ उनले भने, ‘धैर्यतापूर्वक सहभागिता जनाउनुभयो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा सबैलाई समानता हुनुप¥यो भन्ने कुराहरू उठे । क्षेत्रगत रुपमा सन्तुलित विकास हुनुप¥यो भन्ने कुरा पनि उठे ।’

    घिमिरेले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले पनि बैठकमा प्रवेश पाएको जानकारी दिए । ‘गर्भनरको कुरा पनि उठ्यो,’ उनले भने, ‘संयुक्त सरकारमा हाम्रो पोजिसन के छ भन्ने कुराहरू पनि आए ।’

    बैठकमा केही सांसदहरूले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतविरुद्ध दायर भएको मुद्दा र सांसद माया राई पक्राउको विषयमा पनि कुरा उठेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ