• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    777
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । बुधबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।

    बैठकले सहसचिव शोभाकान्त पौडेल सचिव बढुवा गर्न सक्ने बताइएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगमा अध्यक्षसहितका पदाधिकारी नियुक्ति गरेर निकायलाई पूर्णता दिने स्रोतले बतायो ।

    पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम टुंगो लगाएर कानुन मन्त्रालयलाई बुझाएसँगै मन्त्रिपरिषद् बैठकमार्फत निर्णय गरेर आयोग पदाधिकारी नियुक्त गरेर पूर्णता दिन लागिएको हो ।

    मिश्र नेतृत्वको समितिले गत शुक्रबार बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका दुई अध्यक्षसहित चार/चार जना सदस्यसहित १० जनाको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकमा सिफारिस नामबारे छलफल गरेर निर्णय गरिने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ