• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    वैकल्पिक शक्तिसँग सहकार्य गर्न नयाँ शक्तिद्वारा राजनीतिक संवाद समिति गठन

    97
    SHARES



    काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले विचार मिल्ने वैकल्पिक, नयाँ र अग्रगामी शक्तिसँग सहकार्य गर्न राजनीतिक संवाद समिति गठन गरेको छ। पार्टी उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा गठन भएको समितिमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सदस्य छन्।

    मंगलबार सम्पन्न पदाधिकारी बैठकले आगामी जेठ ३० गते काठमाडौँमा पार्टी स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय पनि गरेको छ। उक्त अवसरमा वृक्षारोपण, सरसफाइ, श्रमदान, रक्तदान, र स्वास्थ्य शिविर जस्ता रचनात्मक कार्यक्रमहरू देशभर सञ्चालन हुने जनाइएको छ।

    बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले भारत प्रवासको क्रममा नेपाली राष्ट्रिय हितका सवालमा गरेका उच्चस्तरीय भेटघाट र राजनीतिक संवादले दुई देशबीचको सम्बन्ध मजबुत बनाएको ठहर गरिएको छ। उनले वैकल्पिक राजनीतिका माध्यमबाट मुलुक अघि बढ्ने विश्वास व्यक्त गर्दै सबै पदाधिकारीलाई जनतामाझ सक्रिय रूपमा पुग्न आग्रह गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ