• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    युवा संघमा भाँडभैलो, मनोमानी सच्याउन चेतावनी

    657
    SHARES



    काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा फेरि भाँडभैलो भएको छ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य समेत रहेका युवा संघका इन्चार्ज लक्ष्मण केसीले गरेको मनोमानी सच्याउन चेतावनी दिँदै युवा संघका नेताहरूले शीर्ष नेतालाई गुहारेका छन् ।

    युवा संघका उपमहासचिव संजिप राई, निर्भीक खनाल, सचिवहरु भेषराज शाह र अनिल बोगटीले अन्तरपार्टी निर्देशन विपरित कार्यदल गठन गरेर जिम्मेवारीमा खटाएको भन्दै आपत्ति जनाएका हुन् ।

    ‘हिजो इन्चार्ज कमरेडले एकाएक, युवा संघमा बाँकी रहेका पदाधिकारीहरू एवं कार्यालय कमिटीका सदस्यहरूसँग कुनै छलफल र बैठक नै नगरी संयोजक, सहसंयोजकहरु र पार्टी केन्द्रीय निकायको जिम्मेवारीमा रहेका कमरेडलाई समेत सदस्य तोकी कार्यदल बनाउने निर्णय गर्नुभएको प्रति हाम्रो घोर आपत्ति रहेको छ’, उनीहरूले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    निर्णय सच्चाउन माग गर्दै उनीहरूले अध्यक्ष माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, बेदुराम भुसाल, राजेन्द्र पाण्डे तथा महासचिव घनश्याम भुसाललाई बोधार्थ दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ