• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    भारतीय राजदूतसँग प्रधानमन्त्रीले भने- छिमेकविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिँदैनौं

    2.2K
    SHARES



    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच प्रधानमन्त्री निवास, बालुुवाटारमा भेटवार्ता भएको हो ।

    भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

    आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।

    राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

    नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट प्रधानमन्त्री ओलीले राजदूत श्रीवास्तवसमक्ष गरेका छन् ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ