• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    बन्दको पूर्ब सन्ध्यामा बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बिष्फोट

    45.1K
    SHARES



    बुटवल । 

    नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दको पूर्ब सन्ध्यामा बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बिष्फोट भएको छ ।

    बिष्फोटबाट क्याम्पको सौचालयमा क्षति भएको छ । ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिल बहादुर मल्लले घटनाको पुष्टि गर्दै सौचालयमा धेरै क्षति भएपनि मानबिवय क्षति नभएको बताए ।

    बिष्फोटको आवाज बुटवलको बजारसम्म फैलिएको स्थानीयले बताए ।डिएसपी मल्लले बिष्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भैरहेको बताए ।

    उता रोल्पाको सुलिचौर बजार क्षेत्र आसपासमा पनि बम बिष्फोट भएको खबर छ । सॉमबार साझा साढे ८ बजे तिर बजार आसपासमा शक्तिशाली बम बिष्फोट भएको हो ।

    पत्रकार गोबिन्द बिश्वकर्माले दिएको जानकारी अनुसार नेपाल बन्दको पूर्व सन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीले मशाल जुलुश गरेको केही समय पछि उक्त बिष्फोट भएको हो ।

    वम विस्फोट भएको स्थान नजिक एनसेल र नेपाल टेलिकमको टावर रहे पनि कहाँ लक्षित गरेर वम विस्फोट गरिएको हो भन्ने खुल्न नसकेको वताइएको छ । वम विस्फोट पछि सुलिचौरवासी त्रसित वनेको वताइएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले बिष्फोट भएको खबर पाएको तर एकिन विवरण आउन नसकेको बताएको छ ।

    आफ्नो पार्टीका प्रबक्ता स्थायी समिति सदस्य खडक बहादुर बिश्वकर्मा (प्रकाण्ड) र ४ जना पोलिटब्युरो सदस्यसहित देशभर सयौ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको भन्दै नेकपाले भोली नेपाल बन्दको आब्हान गरेको छ ।

    बन्दको पूर्व सन्ध्यामा नेकपाले राजधानी काठमाडौँसहित देशभर मशाल जुलुश गरेको छ । आफ्नो पार्टीका उच्च तहका नेताहरुसमेत प्रहरी हिरासतमा भएको बेला आब्हान गरिएको नेपाल बन्द आक्रामक हुने संकेत देखिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ