• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रचण्डको दावी- परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ

    321
    SHARES



    हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर परिवर्तनको संवाहक माओवादी नै हो भन्ने विषय प्रस्ट भएको बताएका छन् । नागकिरहरुमा विगतमा माओवादीलाई अवमूल्यन गरेको नागरिकहरूमा महसुस भइरहेको उनले बताए ।

    मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी प्रतिको विश्वास ह्वात्तै बढेको बताए । सरकारमा वा सरकारबाट हटे पछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनले बताए । नागरिकहरूले देश भर नै एक पटक माओवादीलाई विश्वास गरेको अवस्था रहेको उनले बताए ।

    ‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्न अवस्था बनेको । माओवादी प्रतिको विश्वास अलिअलि होइन धेरै नै बढेको छ’ उनले भने, ‘बिचौलिया र भूमाफिया विरुद्ध अभियान चलाउँदा नागरिकहरूमा थोरै आशा पलाएको छ । सोही कारणले माओवादी केन्द्रको लोकप्रियता बढेको हो । माओवादी प्रतिको लोकप्रियतालाई हालै सम्पन्न पत्रकार हमासंघको निर्वाचनले पनि प्रस्ट बनाएको छ । माओवादीको लागि यो अवसर पनि हो । यो अवसर सधैँ पाइन्न ।’

    उनका अनुसार आफू तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने अठोट लिएर सरकारमा गएको हो । रेकर्ड कायम गर्ने, माओवादी प्रतिको हस्तक्षेप विरुद्ध केही गर्ने सङ्कल्पका कारण भ्रष्टाचार विरुद्धका अभियानहरू संचालन गरिएको उनको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ