• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ग्यास व्यवसायी र सरकारबिच सहमति, १५ दिनका लागि आन्दोलन स्थगित

    542
    SHARES



    काठमाडौँ । ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यवसायीबिच छलफल भएको थियो ।

    सो छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पुरा गर्ने सहमति भएको हो । त्यसका लागि १५ दिनका लागि आन्दोलन स्थगित हुने सहमति भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा मन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग सङ्घका पदाधिकारीहरूबिच सङ्घका मागहरूका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ ।

    ‘छलफलका क्रममा नेपाल आयल निगमसमक्ष संघले पेस गरेका मागहरूलाई सकारात्मक रूपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा संघले आजका मिति देखि घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरू १५ दिनका लागि स्थगन गर्ने निर्णय गरियो,’ सचिवालयले भनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ