• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    ओली-प्रचण्ड सरकारको ज्यादतीबिरुद्ध नेकपा, भोलि नेपाल बन्द, आज देशभर मशाल जुलूस

    58.1K
    SHARES



    काठमाडौं ।

    केपी-प्रचण्ड सरकारले आतंक र ज्यादती मच्चाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले भोलि नेपाल बन्द आवहान गरेको छ ।

    भ्रष्टाचार, कमिसन, दलाल, बलात्कार र हत्याहिंसा नियन्त्रण गर्न छोडेर सरकार बिनाकारण आतंक, दमन र धरपकडमा उत्रिएको भन्दै नेकपा महासचिव विप्लवले बुधबार चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका थिए । सोहि कार्यक्रमअनुसार भोलि नेपाल बन्द आवहान गरिएको हो ।

    विशेषगरी नेकपाका प्रवक्ता प्रकाण्डसहितका नेता कार्यकर्ताहरु आफ्नो पार्टीकामक सिलसिलामा हिडिरहेका बेला बिना कारण गिरफ्तार गरेर जबर्जस्ती झुटा मुद्दा लगाउन खोजेको भन्दै महासचिव विप्लवले सरकारको यो कदमको घोर निन्दा समेत गरेका छन् ।  बुधबार विज्ञप्ति जारी गर्दैगरेको भन्दै महासचिव विप्लवले सम्पूर्ण राजनीतिक मूल्य मान्यतालाई मिच्दै ओली प्रचण्ड सरकारले कायरतापूर्ण तरिकाले आफ्ना नेता कार्यकर्तामाथि धरपकडमा उत्रिएको भन्दै आपत्ति समेत जनाएका थिए ।

    बिनाकारण गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डसहित सम्पूर्ण पोलिटब्युरो सदस्यहरु जीवन्त, कृष्ण धमला, ओम पुन र पदमा, केन्द्रीय सदस्य आजाद र अन्य नेता कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे कडा संघर्षमा जाने महासचिव विप्लवले चेतावनी दिएका थिए ।

    ‘हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रवक्ता प्रकाण्ड, पीबीएम कमरेडहरु, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ ।’ महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ – ‘अन्यथा पार्टी फासिवादी दमनको सशक्त बिरोध गर्ने चेतावनी दिन चाहन्छ ।’

    केपी-प्रचण्ड सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउदै गएको भन्दै महासचिव विप्लवले सरकारको यसप्रकारको रबैयाको कडा प्रतिवाद गर्न पनि सबै सच्चा लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई आवहान गरेका छन् ।

    जनताको अपुरो राजनीतिक अधिकार प्राप्तिका लागि नेकपा लागिपरेको भन्दै उनले यो अभियानलाई कुल्चने अथवा दमन गरेर सिध्याउने दुस्स्वप्न नदेख्न समेत ओली-प्रचण्डलाई चेतावनी दिएका छन् । जनतामाथि लुट मच्चाउनेहरुको लुटको स्वर्ग छिट्टै ध्वस्त हुने समेत विप्लवले बताएका छन् ।

    प्रवक्ता प्रकाण्डसहित हरिशचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाईलाई प्रहरीले गत मंगलबार राति साढे ७ बजे काठमाडौंको चोभारबाट गिरफ्तार गरेर हिरासतमा राखेको छ । भोलिको बन्दमा साथ् दिन नेकपाले सबैलाई आवहान समेत गरेको छ ।

    यसैबीच नेकपाले आज सोमबार देशभर मशाल जुलूस गर्दैछ । भोलि नेपाल हुन् लागेको नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाले काठमाडौंसहित ७७ वटै जिल्लामा मसाल जुलूस गर्न लागेको सो पार्टीले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ