• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    आगामी संसद बैठकमा माओवादी सशक्त ढङ्गले प्रस्तुत हुने

    16
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी संसद्‌मा प्रभावकारी ढङ्गले प्रस्तुत हुने भएको छ । झन्डै पाँच महिनापछि माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

    बैठकको पहिलो दिन प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेपछि प्रमुख प्रतिपक्ष दलको हैसियतले प्रचण्डले सम्बोधन गर्ने तयारी गरेका थिए । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा सत्ता घटक मुख्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोल्ने समय दिएका थिए ।

    घिमिरेले प्रचण्डलाई २० मिनेटको समय तोकेपछि असन्तुष्टि जनाउँदै उनले प्रमुख सचेतक हितराज पाण्डेलाई पठाएका छन् । बिहीबार बस्ने बैठकमा प्रचण्डले विशेष समय लिएर सम्बोधन गर्ने सांसद माधव सापकोटाले जानकारी दिए । उनले बैठकको सुरुको दिन भएकाले आफूहरूले संयम अपनाएको जिकिर गरे ।

    ‘संसद्को पहिलो दिन हामीले संयम अपनाएर सशक्त प्रतिरोध नगरेको हो । बिहीबारको बैठकमा हाम्रो संसदीय दलका नेता प्रचण्डले सदनमा सम्बोधन गर्नुहुन्छ । त्यसपछि प्रतिपक्ष दलको हैसियतले सरकारका गलत कामको विरोधमा सशक्त र प्रभावकारी ढङ्गले प्रस्तुत हुन्छौं । यी बाहेक विपक्षी दलहरूसँग मिलेर प्रभावकारी उपस्थित देखाउनेछौँ’, उनले भने ।

    पहिलो दिन दलीय आधारमा सबै दलका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए । ओली सरकारको ६ महिना पूर्णतः असफल भएको विपक्षी दलहरूको निष्कर्ष रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ