काठमाडौँ । थुनछेक बहस सुरु नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । अदालतको आदेश अनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको भद्रकालीस्थित कार्यालयमा लगिएको छ ।
रविलाई अहिले काठमाडौँ परिसरमा ल्याएको काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए । लामिछानेलाई मंसिर १४ पछि सोही कार्यालयको हिरासतमा थुनामा राखेर अख्तियार प्राप्त अधिकारीहरूले बयान लिएका थिए ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे आइतबार उनले अदालतमा बयान दिए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीले थुनछेक सुरु नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई न्यायिक हिरासतमा पठाउने आदेश गरेका हुन् ।
थुनछेक पुरा नहुँदासम्म लामिछाने काठमाडौँ प्रहरीको हिरासतमै बस्नेछन् । करिब डेढ महिनाअघि प्रहरीले पक्राउ गरेर थुनामा राखेको ठाउँमा पुनः अदालतको आदेशले उनी थुनामा गएका छन् ।
प्रतिक्रिया