• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    चीन केन्द्रविन्दु भएर गएको भूकम्पले नेपालमा राष्ट्रिय निकुञ्जको भवन चर्कियो

    72
    SHARES



    काठमाडौँ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको भूकम्पले नेपालमा क्षति पुर्याएको छ ।

    मंगलबार बिहानै गएको ६ दशमलव ८ म्याग्निच्युडको उक्त भूकम्पले सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालयको भवनमा क्षति पुर्याएको छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको एकतले भवनमा भूकम्पका कारण चिरा परेको जानकारी दिए ।

    उक्त भवनमा दुई कर्मचारी बस्दै आएका थिए । भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक/एक घरमा समेत क्षति पुगेको छ ।

    स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ