काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ बर्ष अर्थात् इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना ! लेखेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ ।
पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । नयाँ वार्ष २०२५ को दिनमा कतिपयले टोपी दिवस र धोती दिवसको रुपमा पनि मनाउने गरेका छन् ।
प्रतिक्रिया