• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    सिरियाको सेनामाथि विद्रोही समूहको आक्रमण, ८९ जनाको मृत्यु

    1.3K
    SHARES



    काठमाडौं । सिरियामा विद्रोही समूहले गरेको आक्रमणमा ८९ जनाको मृत्यु भएको छ । न्युयोर्क टाइम्सका अनुसार, विद्रोहीहरूले विगत चार वर्षमा गरेको यो सबैभन्दा ठूलो हमला हो । उनीहरूले सिरियाली सेनाको एक सैन्य अखडा पनि कब्जा गरेका छन् ।

    हमला गर्ने समूह हयात तहरिर अल–शामलाई अलकायदाले समर्थन गरेको छ । लडाकुहरूले बसर अल–असदको सरकारलाई समर्थन गर्ने सेनाहरूबाट हतियार र सवारी साधनहरू कब्जा गरेका छन् ।

    सिरियाली विद्रोही समूहहरूले सिरियाली सरकारका ४६ सैन्य अड्डा कब्जा गरेको दाबी गरेका छन् । उनीहरूले १० घण्टाभित्र अलेप्पो सहरका धेरै गाउँहरू कब्जा गर्न सफल भएको बताएका छन् । यद्यपि, सिरियाली सरकारले उनीहरूको दाबीबारे केही बताएको छैन ।

    सिरियामा सन् २०११ मा अरब स्प्रिङबाट गृहयुद्ध सुरु भएको हो । सिरियामा सन् २००० देखि सत्तामा रहेको बसर अल असदको तानाशाह सरकारविरुद्ध प्रजातन्त्र समर्थकहरूले विरोध प्रदर्शन सुरु गरेका थिए ।

    संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार, दशक लामो गृहयुद्धमा तीन लाखभन्दा बढी मानिस मारिएका छन् । यसबाहेक लाखौं मानिस विस्थापित भएका छन्

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया